एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान, ८ गते स्वदेश फर्कने

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गर्नुभएको छ ।

कम्बोडियामा हुन गईरहेको आम निर्वाचनको पर्यवेक्षकका रुपमा अध्यक्ष ओलीको नेतृत्व ६ सदस्यीय टोली मंगलबार राति कम्बोडिया प्रस्थान गरेको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उक्त टोलीमा ओलीसहित पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल, अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलगायत सहभागी रहनुभएको छ ।

ओली यही साउन ८ गते स्वदेश फर्कने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?