लाइभले बैठक भित्र एउटा र बाहिर अर्को कुराको भ्रम अन्त्य गरेको छ : नेता महत

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं ।  अर्थमन्त्री एवं नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेस केन्द्रिय समितिको बैठक लाइभ हुनुले जनतामा भ्रम पैदा नहुने बताउनुभएको छ ।

बुधवार समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टी सभापति शेरबहादुर देउवाले बैठकको लाइभ गरेर जनतालाई यथार्थ कुरा बुझाउनुभएको बताउनु भयो । उहाँले विगतमा भित्र एउटा र बाहिर अर्को हुनेकुरालाई लाइभका कारण रोकिने विश्वास लिएको बताउनु भयो । उहाँले लाइभ आइसकेपछि नेताहरुले पनि जिम्मेवारीपूर्वक आफ्ना धारणा राखिरहेको बताउनु भयो ।
अर्थमन्त्री एवं काँग्रेस प्रवक्ता महतले पार्टी बलियो बनाए मात्रै पार्टीका व्यक्तिहरु बलियो हुनेकुरा केन्द्रिय समितिको बैठमा बहस भएको र यसले पार्टीलाई सुदृढ पार्ने बताउनु भयो । पार्टी नेता बालकृष्ण खाँणको मुद्दाका बारेमा उहाँले काँग्रेस विधिको शासनमा विश्वास गर्ने पार्टी भएकाले कसैले गरेका कमी कमजोरी विधिबाट समाधान हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘लाइभले राम्रो गरेको छ । नत्र भित्र एउटा कुरा भएको छ, बाहिर अर्को कुरा बोल्दा पार्टी अफ्ठ्यारोमा पर्ने गर्दथ्यो । यो लाइभले गर्दा यो भ्रम बाहिर पर्ने कुराको अन्त्य गरेको छ । सबैकुरा पारदर्शी हुन्छ, जिम्मेवारीपूर्वक बोल्ने काम भएको छ । भित्र एउटा हुन्थे, बाहिर यस्तो भयो भन्थे, अब त सबैकुरा आउने भयो, कसैले भ्रम पार्ने भएनन् ।’

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता रामहरि खतिवडाले काँग्रेसमा महिलाको क्रियाशील सदस्य ३३ प्रतिशत नै पु¥याउनुपर्ने बताउनु भयो । दलितको १४ प्रतिशत रहेको र त्यही अनुसार सबैको प्रतिनिधित्व गराउनुपर्ने बताउनु भयो । उहाँले केही क्षणका लागि हुने मुद्दामा पार्टी केन्द्रित नहुने बताउनु भयो । उहाँले क्रियाशील सदस्य पार्टीको जग बलियो बनाउनका लागि भएको बताउनु भयो ।

बैठकपछि बोल्दै नेता नैनसिंह महरले कोशी सरकारको नामाकरण र पछिल्लो कोशी प्रदेश सरकार निर्माणको विषयमा उठेका प्रश्नको उत्तर खोज्नुपर्ने कुरा आफूले समितिमा उठाएको बताउनु भयो । उहाँले केन्द्रिय समितिको बैठक लाइभ गरेको विषय राम्रो भएको बताउनु भयो ।

बैठकको लाइभ गर्नाले सूचना प्रशारणमा सहयोग पुगेको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?