‘दराज महाबचत योजना’ मा सानिमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सानिमा बैंकले दराजसँग ‘दराज महाबचत योजनाका’ लागि सहकार्य गरेको छ । योजना अवधिभर ग्राहकले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गरी दराजबाट सामान तथा सेवा खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् एक हजारसम्म छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् एक हजार पाँच सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट प्राप्त गर्न ग्राहकले दराज एपमा भौचर संकलन गर्नुपर्नेछ ।

त्यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताले मासिक किस्ताबन्दी सुविधासमेत प्राप्त गर्न सक्नेछन् । उक्त सुविधा प्राप्त गर्न ग्राहकले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुचारु गरिसक्नुपर्ने हुन्छ । यो योजना साउन १४ गतेसम्म ११ दिनका लागि लागू हुने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?