यस्तो छ- आजको विदेशी मुद्राको विनिमय दर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ०६ पैसा र बिक्री दर १३१ रूपैयाँ ६६ पैसा तथा युरोपियन युरो एकको खरिददर १४७ रूपैयाँ १० पैसा र बिक्री दर १४८ रूपैयाँ ७८ पैसा कायम गरिएको छ ।

अमेरिकन डलरको खरिद दर ० रूपैयाँ १० पैसा र बिक्रीदरमा १४ पैसाले डलरको भाउ बढेको छ । हिजो अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९६ पैसा र बिक्री दर १३१ रूपैयाँ ५६ पैसा तथा युरो एकको खरिद दर १४७ रूपैयाँ ३४ पैसा र बिक्री दर १४८ रूपैयाँ ०१ पैसामा कारोबार भएको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ५९ पैसा र बिक्री दर १७० रूपैयाँ २७ पैसा अस्ट्रेलियन डलर एकको खरिद दर ८८।६६ रुपैयाँ रहेको छ भने बिक्री दर ८९।७ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९१ पैसा कायम गरिएको छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसामा कारोबार हुदाँ दक्षिण कोरीया १०० को खरिदमा १० रूपैयाँ ३६ पैसा र बिक्रीदर १० रूपैयाँ ४१ पैसा कायम भएको छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९७ पैसा र बिक्री दर ३६ रूपैयाँ १४ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.९४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.८५ रुपैयाँ तथा बिक्री दर २८.९८ रुपैयाँ र कुवेती दिनार १ को खरिद मूल्य ४२७.४१ पैसा विक्रीदर ४२९.३६ पैसा कायम गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?