सुन तस्करी प्रकरण : विमानस्थलबाट चिनियाँ नागरिकसहित अर्का एक जना पनि पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बुधबार ठूलो मात्रामा बरामद सुन प्रकरणमा चिनियाँ नागरिकसहित दुईजना पक्राउ परेका छन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबा भन्सार जाँचपास भएर ट्याक्सीमा राखेर लैजान लागेको करिब एक किलो सुन राजस्व अनुसन्धान टोलीले बरामद गरेको थियो ।

यो प्रकरण सार्वजनिक भएसँगै नेपाल छाडेर जाने तयारीमा रहेका चिनियाँ नागरिक लिङ चुवानलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । उनीसँगै चितवनका अशोक लामा पनि पक्राउ परेका छन् ।

उक्त प्रकरणमा यसअघि राजकुमार भुजेल, दीलिप भुजेल, हर्क राई, राजेन्द्र राई र भारतीय नागरिक थोप्तेन छिरिङ पक्राउ परेका थिए ।

बरामद सुन नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभाग मातहतको टक्कार महाशाखाको ढुकुटीमा राखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?