जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

पाल्पा । रैनादेबीछहरा गाउँपालिका-४ अमलाबासस्थित ३१ वर्षीय मिठु पुनको रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-४ छहरा बजार बस्ने ४२ वर्षीय अमृत भन्डारी समेत ५ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मुझुङ र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ३ सय ९० रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?