हिँड्दा हिँड्दै’ को ‘हाँस्ने ओठहरू तिम्रा हुन्’ सार्वजनिक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आगामी भदौ १ गतेबाट देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘हिँड्दा हिँड्दै’को गीत ‘हाँस्ने ओठहरू तिम्रा हुन्’ सार्वजनिक भएको छ । गीतमा चलचित्रका मुख्य अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री रेखा शाहको अभिनय छ । रोमान्टिक शैलीमा तयार भएको गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर छ भने किरण माइकल घिमिरेको शब्द तथा संगीत छ ।

मिलन आलेमगर निर्देशित चलचित्रमा सलोन बस्नेत, सानिया खान, विकास थापामगर, विमल श्रेष्ठ र बाल कलाकार अर्विन थिङको पनि अभिनय छ ।

नारायण सुशील पंगेनी इन्टरटेनमेन्टको ब्यानरमा तयार भएको यो चलचित्रमा सुशील पंगेनीको लेखन तथा निर्माण छ । विमल श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रमा राज लामा निर्मातामा हुनुहुन्छ भने प्रमोदकुमार तामाङ र महादेश शाह सहनिर्मातामा रहनुभएको छ ।

सुमनकुमार तण्डुकारको छायांकन, गौतमराज खड्काको सम्पादन, देव महर्जनको द्वन्द्व, ताराप्रकाश लिम्बू र किरण माइकल घिमिरेको संगीत तथा कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी चलचित्रमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?