काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (शनिबार) इटाली भ्रमणका लागि जाँदै हुनुहुन्छ । संयुक्त राष्ट्रसंघको ‘फुड सिष्टम्स समिट प्लस टु’ कार्यक्रममा सहभागी हुन उहाँ आज त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो । इटालीमा साउन ८ देखि १० गतेसम्म संयुक्त राष्ट्रसंघको ‘फुड सिष्टम्स समिट प्लस टु’ कार्यक्रम हुँदै छ । उक्त कार्यक्रमलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने प्रधामन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिनुभयो ।
साथै साइडलाइनमा प्रधानमन्त्री प्रचण्डले खाद्य तथा कृषि संगठन (एफएओ)का महानिर्देशक, विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइएफएडी)का अध्यक्ष लगायतका राष्ट्रसंघका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने छ ।
प्रधानमन्त्री प्रचण्ड गैरआवासीय नेपाली संघ इटालीले आयोजना गर्ने इटालीमा रहेका नेपाली समुदायसँगको अन्तरक्रियामा सहभागी हुनुहुने छ । प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा उहाँकी छोरी गंगा दाहाल, कृषिमन्त्री वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतलगायत हुनुहुन्छ ।
२६ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड साँझ पौने ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आइपुग्ने र कतार एयरको उडान नम्बर क्युआर ६४७ मा ६ बजे दोहा हुँदै इटाली प्रस्थान गर्ने तालिका छ । प्रधानमन्त्री प्रचण्ड साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ । उहाँ कतार एयरकै उडान नम्बर क्युआर ६५२ बाट बिहान १० बजे स्वदेश फिर्ता हुने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच