-रामचन्द्र रायमाझी
पाल्पा । पाल्पामा जाल हानेर माछा मार्न खोज्ने एक युवकले आफै जालमा परेर ज्यान गुमाउनु परेको छ । जिल्लाको रम्भा गाउँपालिका –२, रानीवासका २६ वर्षीय कोपिल पाँडे मगरको माछा मार्न प्रयोग गर्ने जालमा परेर ज्यान गएको हो ।
रानीवास घर भए पनि उहाँ रम्भा –१ छापस्थित दलबहादुर पाण्डेको घरमा आफ्नै आमासँग बस्दै आउनु भएको थियो । पाँडे घर नजिकैको कालिगण्डकी नदीमा माछा मार्न गएका थिए । माछा मार्ने क्रममा आफैँले तयार पारेको जालमा फसी उनी एक्कासी पानीमा डुब्न पुगे ।
पानीमा डुवेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको प्रारम्भीक अनुसन्धान गरी शवलाई पोष्टमार्टका लागि रामपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भुपेन्द्र थापाले जानकारी दिनुभयो ।
घटनाको बारेमा थप अनुसन्धान भैरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच