वैतनिक वकिलको अवैद्य धन्दा, पीडितबाटै लाखौँ रकम असुल

Read Time = 4 mins

डोल्पा । बिगत छ बर्षदेखि डोल्पा जिल्ला अदालतमा बैतनिक अधिवक्ता रुपमा रहेका घनश्याम उपाध्यायले पीडितबाट नै रकम अशुल्ने गरेको आरोप लागेको छ।

वैतनिक वकिलको काम पीडित बिपन्न न्यून आयस्रोत भएका पीडितहरुको पक्षमा उनीहरुका हकहितमा मुद्दा तयार पारिदिने र बहस तथा पैरबी गरिदिने भएपनि घनश्यामले पीडितबाट नै रकम असुल गरिरहेको आरोप लागेको हो ।  पीडितको मुद्धा नहेरिदिने , हेरेपनि महँगो रकम माग गर्ने र रकम दिन नसके पीडकबाट मोटो रकम लिई पीडकलाई नै बचाउने किसिमको बहस पैरबी गर्दै आईरहेको पीडितले बताएका छन् ।

वैतनिक वकिल घनश्यामले पीडित पक्षमा घटनाको पक्षका काम गर्छु भन्दै  त्रिपुरासुन्दरि नगरपालिका १ का  राजिमान सार्कीसँग लाखौँ रकम लिएको पाइएको छ । सार्किलाई त्रिपुरासुन्दरा नगरपालिकाका एक स्थानीयले हातपात र गालिगलौज गरेको बिषयमा पीडित राजिमान सार्कीले वैतनिक वकिल घनश्याम उपाध्यायलाई भेटी मुद्दा लेखिदिन अनुरोध गर्दा शुल्क नलिएर मुद्धाका काम नगर्ने भन्दै महिनौ झुलाएको सार्काीले दुखेसो सुनाउनु भयाे ।

पीडित राजिमान सार्किका अनुसार म वैतनिक वकिल भएपनि शुल्क नलिईकन म मुद्दा लेख्दिन भनी १ महिना झुलाएर उल्टै पीडित राजिमान सार्कीलाई गालीगलौज गर्ने  ब्यक्तिसँग फोन सम्पर्क गरी 'तपाईको बिरुद्धमा मुद्दा लेखौँ कि नलेखौ ?'  भनेर मोटो रकमको मोलमलाई गरी  फिर्ता गरिदिएको गुनासो सार्कीको छ ।

यसै गरी  वैतनिक वकिल उपाध्यायले ठुलिभेरी नगरपालिका ४ माईतिघर भएकी भीरू शाहीमाथि निजका पतिले अर्को बिबाह गरेकाले बहुबिबाहको मुद्धा लेखी सहयोग गरी न्याय पाउ भनि कानुनी सहयोग लिन गएको समयमा भीरु बुढा शाहीलाई पनि मुद्धा लेखेको शुल्क लिएर मात्र काम गर्ने बताएको आरोप लागेको छ ।

धीरुले हामी जस्ता पीडितका  मुद्दा लेख्न र बहस गर्न त तपाईं वैतनिक वकिल रहनुभएको हो भनि प्रश्न गर्दा  बिबाद भएपछि मात्र जाहेरी तयार गरिएको तर जाहेरीमा प्रमाणित गर्न नमानेको धीरुले बताउनु भयो । वैतनिक वकिल घनश्यामले उल्टै पीडितका पती र सौतालाई भेटी उनीहरूलाई बचाउनका लागि मोटो रकम माग गरी पीडकको पक्षमा बहस हेर्न खोजेको भन्ने गुनासो  बुढा शाहीले आरोप लगाउनु भयो ।

वकिल उपाध्यायले जगदुल्लाको अँगद महताराबाट जवरजस्ति करणी मुद्धा मिलाईदिन्छु भनेर ७ लाख लिएको पीडित सुनाउछन् ।   त्यसैगरी  छार्काताङ्सोङ्गको उर्केनबाट जवरजस्ती करणीको मुद्धामा १८ लाख रूपैयाँ लगेर उक्त  मुद्दा समेत हराएको आरोप लागेको छ ।

-हेमन्त केसी/न्यूज कारखाना

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?