७१औं मिस युनिभर्सको उपाधि अमेरिकाकी आर बोनीलाई

Read Time = 1 min

काठमाडौं । अमेरिकाकी आर बोनी गेब्रियलले ७१औं मिस युनिभर्सको उपाधि जित्नुभएको छ । उहाँलाई अघिल्लो संस्करणकी विजेता भारतकी हरनाज सन्धुले ताज पहिराउनुभएको थियो । फेसन डिजाइनरसमेत रहनुभएकी २८ वर्षीया ग्राबियल हृयुस्टन, टेक्ससकी बासिन्दा हुनुहुन्छ ।

अमेरिकाको न्यू अर्लिन्स शहरमा भएको प्रतियोगितामा फष्ट र सेकेण्ड रनरअप क्रमशः भेनेजुएलाकी अमाण्डा डुडामेल र डोमिनिकन रिपब्लिककी एन्ड्रिना मार्टिनेज हुनुभयो । यस प्रतियोगितामा विश्वभरबाट ८६ सुन्दरीहरूको सहभागिता रहेको थियो । जसमा नेपालबाट सोफिया भुजेलले प्रतियोगितामा भाग लिनुभएको थियो । भुजेलले अन्तिम १६ मा पनि स्थान बनाउन सक्नुभएन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?