सदस्य-सचिव र मन्सुरीबीच भेट

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ र जर्मनीबाट नेपाल आउनुभएका जुडो प्रशिक्षक मोहम्मद मन्सुरीबीच भेटघाट भएको छ । चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदमा सहभागी हुने जुडो खेलाडीलाई प्रशिक्षण दिन मन्सुरी दुई दिनअघि नेपाल आउनुभएको छ ।

भेटका अवसरमा सदस्य-सचिव घिसिङले मन्सुरीसँग प्रशिक्षणको योजनालगायतका बारेमा जिज्ञासा राख्दै प्रशिक्षणमा परिषद्ले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । इरानका पूर्वमुख्य प्रशिक्षक सातौँ डान मन्सुरीलाई अन्तर्राष्ट्रिय जुडो महासंघ (आइजेएफ) ले पठाएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जनाउनुभएको छ ।

‘तत्कालका लागि उहाँ (मन्सुरी) लाई १९औँ एसियाली खेलकुदको तयारीमा केन्द्रित गराउनेछौँ । थप कुरा एसियाली खेलकुदपछि हुनेछ,’ अध्यक्ष बज्राचार्यले भन्नुभयो । हाङझाव एसियाडका लागि जुडोबाट समान चार-चार पुरुष/महिला गरी आठ खेलाडी प्रशिक्षणमा छन् । उनीहरूले नयाँबजारको खुशिबुस्थित बहुउद्देश्यीय मार्सल केन्द्र (एमएमएसी) मा दिनको २ चरणमा प्रशिक्षण गरिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?