एकैपटक सरकारका २६ सहसचिवको सरुवा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सरकारले राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) का २६ जना अधिकृतहरूको एकैपटक सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार २६ जना सहसचिवको विभिन्न मन्त्रालय र विभागमा सरुवा गरेको हो । सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको निर्णयअनुसार विभिन्न मन्त्रालय अन्तर्गतका सहसचिवहरू सरुवा गरिएको हो । निर्णयअनुसार जाजरकोटका प्रमुख जिल्ला अधिकरी फेरिएका छन् । ललितपुर र पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पनि परिवर्तन गरिएको छ ।

राष्ट्रिय किताब खानाका महानिर्देशक टोकराज पाण्डेय अर्थ मन्त्रालयमा सरुवा हुनुभएको छ भने जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो सामान्य प्रशासन मन्त्रालयमा सरुवा हुनुभएको छ । बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्रालयका सहसचिव अस्मान तामाङले अख्तियार दुरुपयोग अनुसन्धान आगोगमा जिम्मेवारी पाउनुभएको छ भने पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा श्यामकृष्ण थापा सरुवा हुनुभएको छ । यसअघि पोखरा महानरपालिकामा कार्यरत वीरेन्द्रदेव भारती ललितपुर महानगरपालिकामा सरुवा हुनुभएको छ । ललितपुर महानगरपालिकाका सहसचिव गणेश अर्याललाई गृह मन्त्रालयअन्तर्गत सरुवा गरिएको छ ।

यस्तै, यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई गृह मन्त्रालय वा मातहत र मशेध प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव भीष्मकुमार भुसाल बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा सरुवा हुनुभएको छ । त्यस्तै, तीर्थराज भट्टराई बागमती प्रदेशमा सरुवा हुनुभएको छ भने ज्ञानराज सुवेदीलाई राष्ट्रिय सतर्कता केन्द्रबाट भौतिक मन्त्रालयमा सरुवा हुनुभएको छ । यमलाल भुसाल राष्ट्रिय योजनामा सरुवा हुनुभएको छ । त्यस्तै, सुनिल पौडेल भौतिक पूर्वाधार विकास मन्त्रालय लुम्बिनीमा सरुवा हुनुभएको छ ।

मन्त्रालयले अमृत श्रेष्ठलाई बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सरुवा गरेको छ भने रामकृष्ण पुडासैनी मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सरुवा गरेको छ । यस्तै, इन्दु घिमिरे हुलाक सेवा विभागबाट महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा हुनुभएको छ भने रामकृष्ण लामिछाने पनि महिला बालबालिकामा सरुवा हुनुभएको छ । रमेशकुमार सिंहको सिक्टा सिँचाइबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा सरुवा भएको छ भने मोहनराज चापागाईं कोशी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयबाट संघीय मामिलाको अतिरिक्त समूहमा सरुवा हुनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?