चीनले अन्तरिक्ष स्टेसन निर्माणका लागि मानव यान पठाउँदै

Read Time = 2 mins
A A- A+

बेइजिङ । चीनले आइतबार तीन जना अन्तरिक्ष यात्रीहरूलाई अधूरो चिनियाँ अन्तरिक्ष स्टेसनको कोर मोड्युलमा लैजाने एउटा अन्तरिक्ष यान प्रक्षेपण गर्दैछ ।

स्टेसन निर्माण उन्नत चरणहरूमा प्रवेश गरिरहेका बेला उसले अन्तरिक्ष यात्रीलाई स्टेसनको कोर मोड्युलमा पठाउन लागेको हो । अन्तरिक्ष यात्रीहरूले ६ महिनासम्म स्टेसनमा काम गर्नेछन् ।

सेन्झोउ-१४ अन्तरिक्ष यान बोकेको लङ मार्च-२ एफ रकेट उत्तरपश्चिमी प्रान्त गान्सुको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार आइतबार बिहान १०ः४४ बजे अन्तरिक्षतर्फ प्रस्थान गर्न लागेको चीनको मानव अन्तरिक्ष निकायका अधिकारीले बताएका छन् ।

मिसन कमाण्डर चेन दोङको साथमा लिउ याङ र काइ जुझे सेन्झाउ-१४ मा सवार हुनेछन् । ‘प्रक्षेपणको लागि सबै तयारीहरू पूरा भएका छन्’, अन्तरिक्ष निकायका अधिकारी लिन सिकियाङले भने । सेन्झोउ-१४ चार चालक दल मिसनमध्ये तेस्रो हुनेछ र कुल ११ मिसनमध्ये सातौं ।

सन् २०२१ मा तिआनहीको प्रक्षेपणपछि चीनले आफ्नो थ्री मोड्युल अन्तरिक्ष स्टेसन निर्माण सुरु गरेको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?