दलहरू किन कमजोेर बन्दै छन् ?

Read Time = 11 mins

✍️ पुरुषोत्तम घिमिरे

हामी किन कमजोर बन्दै गएका छौं भनेर दलका शीर्ष नेताहरूले सोच्नुपथ्र्यो तर त्यसो हुन सकेको छैन । सधैँ पद र पावरमै बस्नुपर्छ, मबाहेक त्यस पदका लागि योग्य कोही छैन भनेर सोच्नु नेतृत्व तहमा बस्नेको गलत सोचाइ हो । एक व्यक्तिले एक कार्यकालभन्दा बढी नेतृत्व तहमा बस्न नपाउने विधान बनाउनुपर्छ । अर्को भनेको एउटा व्यक्ति प्रधानमन्त्री कति पटक बन्न पाउने, एउटा व्यक्ति पार्टी सभापति कति पटक बन्न पाउने प्रष्ट नीति बनाउन सक्यो भनेमात्र केही हुन्छ कि भनेर आशा गर्न सकिन्छ ।

नाउँको मात्र परिवर्तनले केही हुँदैन । जनतामा परिवर्तन आयो भन्ने आभास हुनुपर्‍यो । म यति वर्ष जेल बसेँ भनेर त्यसलाई आधार बनाएर सधैं पार्टीको नेतृत्व तहमा बस्नु गलत हो । नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवासँग पार्टीलाई अघि बढाउने भिजन के छ ? मसँग ८० प्रतिशत केन्द्रीय सदस्य छन् भनेर पार्टी बलियो हुन्छ ? अधिवेशन सकिएको ६ महिनाभित्र गर्नुपर्न काम डेढ वर्षसम्म गर्न नसक्ने अनि उल्टो म जत्तिको सक्षम र इमानदार कोही छैन भन्नु लाजमर्दो हो । देउवाले गर्न नसकेका काम धेरै छन् : उनले केन्द्रीय समितिलाई पूर्णता दिन सकेनन्, कोषाध्यक्ष मनोनित गर्न सकेनन्, संसदीय समिति बनाउन सकेनन्, कार्यसम्पादन समितिलाई पूर्णता दिएनन्, बल्ल प्रचार विभाग गठन गरे तर अन्य विभाग रित्तै छन् तर नेतृत्वमा आफू दोहोरिए । यसैगरी महाधिवेशनप्रति बेवास्ता, महासमिति बैठकको टुंगो नहुनु, अनुशासनलगायत समितिलाई पूर्णता नदिइनु, विधान उल्लंघन, कार्य समितिको बैठक एक वर्षपछि बल्ल डाक्नु, भ्रातृ संस्था भद्रगोल, तदर्थ समितिसमेत बनाउन ढिलाइ लगायत धेरै कमजोरी छन् ।

परिवारवादमा रुमलिएका नेताहरूलाई त्यसभन्दा बाहिर पनि दुनियाँ छ भन्ने थाहा नै छैन । नेताको इच्छाले होइन नीतिनियम पद्धतिले पार्टी चल्नुपथ्र्यो तर त्यसो भएन । नेताको लहडमा पार्टी चल्न थाल्यो जसका कारण पार्टी गन्तव्यमा पुग्न सकेन । अरूको कुरा नसुन्ने आफू नजान्ने अनि गर्ने के ?

अहिले सबभन्दा समस्याको रूपमा देखिएको नेपालको राजनीतिमा परिवारवाद हो । यसको असर अहिले नदेखिए पनि यसले दूरगामी असर पार्छ । आजीवन पार्टीका लागि होमिएका व्यक्तिले अवसर नपाउने परिवारभित्रको मान्छेले धमाधम नियुक्ति पाउने भएपछि कार्यकर्तामा निराशा आउनु स्वाभाविक हो । जसले नेतृत्वको चाकडी गर्न सक्यो उही अगाडि आयो । पार्टीमा त्याग लगनशीलता इमानदारीता नैतिकवान चाहिन्छ भन्ने भएन । पार्टीमा विज्ञ व्यक्तिको खाँचो छ भन्ने नेतृत्व तहमा बसेकाले सोच्न सकेनन् । नेताका छोराछोरी भएपछि सक्षम होस् या असक्षम होस् उसले पद पाउनै पर्‍यो ।

राजनीति नीतिले होइन मनोमानी तरिकाले चल्न थाल्यो । हिजो राजाको छोरो राजा हुनपर्छ भने जस्तै अहिले नेताका छोरा नेता नै हुनुपर्छ त्यो पनि नेतृत्वदायी भूमिकामा । यस्ता गतिविधिले पार्टीलाई कमजोर बनाउँदै लगेको छ । परिवारवादमा रुमलिएका नेताहरूलाई त्यसभन्दा बाहिर पनि दुनियाँ छ भन्ने थाहा नै छैन । नेताको इच्छाले होइन नीतिनियम पद्धतिले पार्टी चल्नुपथ्र्यो तर त्यसो भएन । नेताको लहडमा पार्टी चल्न थाल्यो जसका कारण पार्टी गन्तव्यमा पुग्न सकेन । अरूको कुरा नसुन्ने आफू नजान्ने अनि गर्ने के ?

नेतालाई सफल बनाउन असफल बनाउने उसका निजी सल्लाहकारले हो । निजी सल्लाकारविज्ञ व्यक्ति होइन आफ्ना भतिजा, छोराछोरी, सालासाली, जेठान राख्छन् । तिनीहरूले के सल्लाह देलान् । जे गर्दा पनि ठीक भन्ने सल्लाकार कहिल्यै हितकारी हुन सक्दैनन् । महाभारतमा धृतराष्ट्रलाई विदुरले झक्झक्याइरहे । अन्तिममा केही नलागेपछि आफैं पन्छिए । विदुर जस्ता सल्लाकार हुनपर्छ, सकुनी जस्तो सल्लाकार भएर के काम । अहिलेको नेतृत्वपंक्तिमा बस्नेले विदुरको विश्वास गर्दैनन् सकुनीको विश्वास गर्छन् अनि कहाँबाट सफल हुनु ।

भिजन भएका नेता नभएका कारण दलहरू कमजोर बन्दै गएका छन् । नेताहरूको उद्देश्य नैै अर्का पार्टीलाई गाली गर्नुबाहेक केही छैन । मेरो कर्तव्य के हो भनेर नबुझ्ने अनि अर्कालाई गाली गर्ने कस्तो राजनीतिक संस्कार हो यो । कहिले गठबन्धन भनेका छन्, कहिले सहमति भनेका छन् । जनता ढाटेका छन् । सत्तामा गएका छन् । तलब भत्ता खाएका छन् । यसबाहेक नेताहरूले केही गरेनन् । तीन दशक नाग्यो प्रजातन्त्र आएको खोइ त ? कहाँ आयो प्रजातन्त्र जनता खोजिरहेका छन् ।

दलहरूप्रतिको विश्वास नजमानसमा घट्दै गएको छ । जुन दलकोे विश्वास गर्‍यो त्यही दलले धोका दिइरहेका छन् । पाँच वर्ष सरकार चलाउन कुनै दलले सकेका छैनन् । बहुमतको सरकार बन्दा पनि दलहरू असफल नै भएका छन् ।

हिजो राजा महाराजाले मस्ति गरेका थिए अहिले दलका नेताले मस्ति गरेका छन् भने हिजो र आजमा फरक के भयो त ? देशको आर्थिक अवस्था दयनीय छ । देश चलाउँछु भन्नेहरू तँछाड मछाड गरेर बस्छन् । जनतालाई मुर्ख बनाएर आफ्नो दुनोे सोझ्याएका छन् । प्रजातन्त्र आएको तीन दशक नाग्दा पनि जनताले प्रजातन्त्र आयो भन्ने आभास गर्न पाएका छैनन् । प्रजातन्त्र आयो नेताको लागि जनताका लागि होइन । कर्णालीका जनता एक पाकेट नुन लिन दिनभरि हिँडेको समाचार आउँछ । रुकुम रोल्पाका जनताले सिटामोल र जीवनजल खान नपाएको समाचार आउँछ । देशप्रति जिम्मेवार व्यक्तिहरू रमिते भएर बसेका छन् । यही होे लोकतान्त्रिक गणतन्त्रको मर्म ?
दलहरूप्रतिको विश्वास नजमानसमा घट्दै गएको छ । जुन दलकोे विश्वास गर्‍यो त्यही दलले धोका दिइरहेका छन् । पाँच वर्ष सरकार चलाउन कुनै दलले सकेका छैनन् । बहुमतको सरकार बन्दा पनि दलहरू असफल नै भएका छन् । अवसरका लागि पार्टीमा लाग्नेकोे बोलकबोल चल्न थाल्यो पार्टीका शीर्ष नेताहरूलाई पार्टीभन्दा पनि आफू पार्टीमा कसरी बलियो बन्ने भन्ने ध्यानतर लागे । सिद्धान्त नीतिनियम पद्धति अनुसार पार्टी चलेन नेताहरूको इसारामा चल्यो ।

पार्टी कार्यलयबाट भन्दा पनि नेताको घरबाट पार्टी चल्न थाल्यो । नेताहरूमा वैचारिक बहस होइन कसरी सरकारमा जान पाइन्छ, कसरी मन्त्री, प्रधानमन्त्री बन्न पाइन्छ भन्ने बहस चल्न थाल्यो । देश र जनताको विषयमा नेताले सोच्न छाडे । आफूलाई प्रजातन्त्रको हिमायती सम्झने कांग्रेसभित्र विचलन आएको छ । पार्टी सभापति अभिभावक हुनपर्नेमा उनले एकलौटी तरिकाले पार्टी सञ्चालन गरेको आरोप लाग्दै आएको छ । पार्टी सभापति पारिवारिक घेराभन्दा बाहिर निक्लन सकेका छैनन् । त्यसकारण पनि उनले पार्टीको हितको विषयमा सोच्न सकेनन् । १४औं अधिवेशनमै उनलाई उनका प्रतिद्वन्द्वी प्रकाशमान र विमेलेन्द्र निधिले सहयोग नगरेका भए उनी आउने थिएनन् । उनीहरूको सहयोगबाट उनी पार्टी सभापति बने ।

यो मेरो अन्तिम पटक भनेका सभापति फेरि पनि प्रधानमन्त्री बन्ने दाउमा देखिन्छन् । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा संसदीय दलको नेता बदल्नुपर्छ भन्नेमा लागेका छन् तर अन्य केन्द्रीय सदस्य देउवाकै पक्षमा देखिन्छन् । उनीहरूले मात्र बदलेर संसदीय दलको नेता बदलिँदैन । कांग्रेसभित्र परिवर्तन चाहनेभन्दा पनि नेतृत्वको पछि लाग्ने धेरै छन् । जनतामा निराशा छाएको छ । कांग्रेसको संगठन हिजोको जस्तो मजबुत छैन । भित्र-भित्र खोक्रो बनिसक्यो । कांग्रेस त्यागेर अन्य पार्टीमा जानेको लर्को लागेको छ । बेलैमा नसोच्ने हो भने यसले भोलि नकारात्मक असर पार्छ । पार्टीले यसतर्फ बेलैमा सोच्नु आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?