‘नराम्रो देख्छु सपनी’बाट यामुको चर्चा

Read Time = 4 mins

काठमाडौं । कुनै समय कल रिङब्याक टोनमा निकै लोकप्रिय बनेको थियो एउटा गीत । त्यो बेला ‘नराम्रो देख्छु सपनी’ बोलको गीत मोबाइल रिङटोनमा बज्थ्यो । त्यही चर्चित गीतका गायक हुनुहुन्छ, ‘यामु शर्मा अर्थात् यमनाथ शर्मा । वास्तविक नाम यमनाथ भए पनि यामुका रूपमा आफ्नो पचिरय स्थापित गर्नुभएका उहाँ भन्नुहुन्छ, ‘त्यो समयमा टिकटक भएको भए भाइरल नै हुन्थ्यो होला त्यो गीत । तर, त्यतिखेर युट्युबको समेत खाशै ट्रेण्ड आएको थिएन, टिकटकको त कुरै छाडौं ।’

तनहुँको घिरिङस्थित सुन्धाराका गायक तथा संगीतकार यामुले अहिलेसम्म तीन दर्जनभन्दा बढी गीत गाउनुभएको छ । त्यति नै संख्यामा संगीत पनि । म्युजिक एरेञ्जरको कार्यसमेत गर्दै आउनुभएका यामुले २०५९ सालबाटै गायन अंगाल्नु भएको हो । उहाँका १० वटा जति एल्बम श्रोता/दशर्कमाझ आएका छन् ।

तनहुँको घिरिङस्थित सुन्धाराका गायक तथा संगीतकार यामुले अहिलेसम्म तीन दर्जनभन्दा बढी गीत गाउनुभएको छ । त्यति नै संख्यामा संगीत पनि । म्युजिक एरेञ्जरको कार्यसमेत गर्दै आउनुभएका यामुले २०५९ सालबाटै गायन अंगाल्नु भएको हो । उहाँ सम्झिनुहुन्छ, ‘मैले गायनयात्रा प्रारम्भ गर्दा एल्बम निकाल्ने चलन थियो । मैले पनि १० वटा एल्बम निकालेँ । तर, एउटै गीतले चिनायो ।’

‘नराम्रो देख्छु सपनी’ लोकप्रिय हुनुको कारणबारे यामु भन्नुहुन्छ, ‘त्यो गीतमा एउटा शब्द छ, त्यही शब्दले गीत चर्चित बन्यो ।’ त्यो कुन शब्द हो ? ‘उहाँ भन्नुहुन्छ, ‘बुढाबाबा खेत खन्न गा होलान्, निस्तो आँटो महीसँग खा होलान्’ यी शब्दले गर्दा मोबाइल रिङटोनमा लोकप्रिय बन्यो र गीत चर्चित बन्यो ।’ गीतसंगीतमा सक्रिय हुँदाहुँदै उहाँ केही देशसमेत पुग्नुभयो । ‘सानैमा रहर र रुचिले गायनमा लागियो’ उहाँ भन्नुहुन्छ, ‘चटक्कै छाड्न मन नमान्ने रहेछ । त्यसैले फेरि गायनलाई निरन्तरता दिने सोचमा छु ।’

यामुले आफूले गाएका मात्र नभएर एरेञ्ज गरेका गीतहरू पनि चर्चित छन् । ‘धूपी सल्लाले’, ‘फलेको डाली नगेन’, ‘नराम्रो देख्छु सपनी’, ‘रौसी खान्छु पैसा उडाउँछु’ जस्ता चर्चित गीतका गायक यामुले बद्री पंगनी, रामजी खाँडजस्तो लोकप्रिय लोकगायकका गीतको एरेञ्ज गर्नुभएको छ । बद्री पंगेनीको अत्याधिक लोकप्रिय गीत ‘जनताको शासन’ उहाँलेनै एरेञ्ज गर्नुभएको हो । यामु भन्नुहुन्छ ‘गायनपछि मेरो अर्को काम म्युजिक एरेञ्ज नै हो ।’ गीतसंगीतमा मिहिनेत गर्न सक्यो भने नाम र दाम दुवै कमाउन सकिने उहाँको बुझाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?