म्याग्दीमा करेन्ट लागेर एक जनाको मृत्यु

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 1 min

म्याग्दी । फाइबर तार विछ्याउने क्रममा म्याग्दीमा करेन्ट लगेर एक जनाको ज्यान गएको छ । जिल्लाको मालिका गाउँपालिका ५ रुममा आज (सोमबार) करेन्ट लागेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा चितवन जिल्ला रत्ननगर ९ टिकाउने बस्ने २६ वर्षीय अशोक तामाङ रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक किरण लामाले जानकारी दिनुभएको छ ।

सोमबार बिहान ११:४० बजेतिर रुमको हुक्लांगडांडामा ग्रामीण बिजुली वितरण लाइनको पोलमा नेपाल टेलिकमको फाइबर बिछ्याउने क्रममा तामाङ अचानक करेन्ट लागेर पोलबाट खसेका थिए । छाती र खुट्टामा चोट लागेकी बेहोस भएका तामांङलाई उपचारको लागी बेनी अस्पताल ल्याइएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?