प्रधानमन्त्री प्रचण्ड र आईएफएडीका प्रमुख लारियाबीच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र  इन्टरनेसनल फण्ड फर एग्रिकल्चर डेभेलप्मेन्ट (आईएफएडी) का प्रमुख डा. अल्भारो लारियोबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन इटाली पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड र आईएफएडीका प्रमुख लारियोबीच मंगलबार बिहान भेटवार्ता भएको हो ।

भेटवार्तामा आईएफएडीद्वारा नेपालमा सञ्चालित विभिन्न परियोजनाको समीक्षा, आईएफएडी र नेपालीका सम्बन्ध लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गत शनिबार इटाली प्रस्थान गर्नुभएका प्रधानमन्त्री प्रचण्डले सोमबार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग भेटवार्ता गर्नुभएको थियो ।

अतिकम विकसित राष्ट्रहरूको समूह (एलडीसी) को अध्यक्षका हैसियतमा प्रधानमन्त्री प्रचण्डले सम्मेलनलाई सम्बोधन गर्नुभयो। उहाँले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?