पछिल्लो सुन प्रकरणबारे संसदमा जोडदार आवाज उठाउनेछौँ : एमाले

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले करिव एक क्वीन्टल सुन प्रकरणमा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गर्ने भएको छ ।

बुधवार संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकले सो घटनाको गम्भिरतापूर्वक छानबिन गरी मुख्य दोषीलाई कारबाही गर्न संसदमा सरकारसँग माग गर्ने निर्णय गरेको हो । सुन प्रकरणमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न संसदमा जोडदार माग गर्ने निर्णय गरिएको एमालेका सांसद रघुजी पन्तले जानकारी दिनुभयो । बैठकमा नेताहरुले सरकारले कुरा ठूला गरेको तर सो प्रकरणको छानबिनलाई गम्भिरतापूर्वक नलिएको बताएका थिए ।

सांसद पन्तले भन्नुभयो, ‘हाम्रो ध्यान चाहीँ यो जुन प्रकारको सुन पक्राउ परेको छ । र, पटकपटक त्यही कम्पनीको नाममा आएको कुरा बाहिर आएको छ । त्यसको गम्भिरतापूर्वक छानबिन हुनुपर्छ । त्यसको गहि¥याईसम्म पुगेर त्यसको भरियालाई होइन, त्यसको जरोसम्म पुगेर सुन ल्याउने मुख्य मान्छे को हो ? त्यसलाई पक्राउ गरेर जो सामेल त्यसलाई कारबाही गर्नुपर्छ । त्यसको लागि हामी जोडदार आवाज उठाउँछौं । काम चाहीँ यत्रो दिन भएको त्यो कम्पनीको मालिकलाई पक्राउ गर्न सकेको छैन सरकारले । अनि मन्त्रीहरु चाहीँ ठूल्ठूला कुरा गर्दै हिँड्ने । त्यो चाहीँ भएन । दोषीचाहीँ पत्ता लाग्नुप¥यो । दोषी जो हो, त्यसलाई जनतासमक्ष ल्याउनुप¥यो । र, कानुनी कारबाही गर्नुप¥यो । त्यसका लागि हामीले जोडदार कुरा उठाउँछौं ।’

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको करिव एक क्वीन्टल सुन राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?