इनोभेटिभ क्वाटरफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । इनोभेटिभ तेस्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा क्वाटरफाइनल प्रवेश गरेको छ । बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा इनोभेटिभले एनसिसिएसलाई २०-१३ ले पराजित गर्‍यो ।

इनोभेटिभका लागि समुन्द्र बोहराले सर्वाधिक आठ स्कोर गर्नुभयो । सिनियर ब्वाइजमै नेरिक, भद्र घले र काठमाडौं जेभियर पनि आ-आफ्नो खेल जित्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे । नेरिकले आयोजक केएमसी ‘ए’ लाई ३२-१८ ले हरायो । नेरिकका सुशल मगरले १७ अंक जोड्नुभयो ।

भद्र घलेले आयोजक केएमसी ‘बी’ २४-१५ ले पाखा लगायो । भद्र घलेका दिवस मगरले १८ अंक बटुल्नुभयो । एलाइट ग्राण्डविरुद्धको खेलमा काठमाडौं जेभियर २४-१० ले विजयी भयो । विजेताका रमित श्रेष्ठले १० अंक जोड्नुभयो ।

सिनियर ब्वाइजकै अन्य लिग खेलमा बालदीक्षाले सेन्ट पाउललाई २०-१८ तथा सनसाइनले एआइएलाई ३९-२३ ले पन्छायो । बालदीक्षाका साहिल महर्जनले नौ तथा सनसाइनका सुदिप प्रधानले १२ स्कोर गर्नुभयो । सिनियर गल्र्समा एलाइट ग्राण्डले साइपाल एकेडेमीमाथि १५-११ को जित दर्ता गर्‍यो । एलाइटकी सियन्ना श्रेष्ठले नौ स्कोर गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?