काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) ‘युरोमनी अवार्ड्स फर एक्सलेन्सी २०२३’बाट सम्मानित भएको छ । बेलायतमा रहेको अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन युरोमनीबाट बैंक तेस्रोपटक सम्मानित भएको हो । यसअघि दुर्ईपटक सन् २०१८ र २०२१ मा पनि अवार्ड प्राप्त गरेको थियो ।
वर्षभरिको कार्यसम्पादन, रणनीतिक वृद्धि तथा ग्राहकलाई उपयुक्त सेवा र शाखारहित बैंकिङ सेवा उपलब्ध गराउँदै आएकाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई युरोमनीले वित्तीय समावेशीकरणको श्रेय दिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
युरोमनीले आफ्नो आधिकारिक वेबसाइटमा भूतपूर्व सेनाका कर्मचारी, बहालवाला सेवाकर्मी र उनीहरूका परिवारलाई विपन्न क्षेत्र ऋण कार्यक्रममार्फत् सहुलियत ऋण उपलब्ध गराउनु नै यस वर्ष सम्मानित गर्नुको कारण रहेको बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच