नेपालमा तस्करको लस्कर

Read Time = 16 mins

नेपाल तस्करीका लागि अचेल विश्वमै बदनाम भइरहेको छ । जसो-जसो नेपालको तस्करीको कुख्याति बढ्दै जान्छ विश्वका अनेक तस्करका गिरोह विभिन्न वस्तु यहाँका विभिन्न ट्रान्जिट प्वाइन्टबाट तस्करी गर्न आकृष्ट भइरहेका छन् । नेपालका विभिन्न भन्सार ट्रान्जिट प्वाइन्टमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा अन्तर्राष्ट्रिय जगतमा पहुँच भएकाले तस्करले यही बिन्दुलाई बढी रुचाएको देखिन्छ । यहाँबाट अवैध वस्तु भित्र्याउनु बाहिर्‍याउनुमा अपेक्षकृत सजिलो हुने गरेकाले तस्करको लर्को यता लागेको देखिन्छ । चोरी निकासी पैठारीका वस्तुमा बहुमूल्य धातु, वस्तुहरूमा सुन, ब्राउनसुगर, चरेस, खैरो हिरोइन र अवैध रूपमा अन्तर्राष्ट्रिय मुद्रा ओसारपसार निकै मौलाइरहेको सुनिन्छ देखिन्छ ।

राज्यका अन्य नाकाबाट तस्करी हुने गरेका छन् प्रतिबन्धित अनेक वस्तु केराउ, सुपारी, काठ, वनपैदावार जडिबुटी आदि तस्करले चोरीनिकासी गर्ने गरेका छन् । केराउ तस्करलाई समाउन खोज्दा पश्चिम नेपालमा तस्करले दुईजना प्रहरीलाई नै मारको धेरै भएको छैन । काठ तस्करलाई समात्न पनि चुनौतीपूर्ण हुने गरेको देखिएको छ । यस्ता दुर्दान्त घटनले राज्यको सुरक्षाव्यवस्थालाई गिज्याइरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थानबिन्दु र आगमनबिन्दुमा आधुनिक उपकरणबाट सुसज्जित प्रसस्तै सुरक्षाकर्मी र चेकजाँचका लागि भन्सार क्षेत्रमा स्क्यानर उपकरणबाट परीक्षण गर्दासमेत अवैध सामान र विदेशी मुद्रा सुरक्षा जाँचको बैरियर पार गर्दै भन्सार जाँचबाट पनि फुत्किनु त्यति सहज नहुनुपर्ने हो । सुरक्षाजाँचमा फुत्किएपछि भन्सारको स्क्यानर मेसिनले स्पष्टसँग देखाउनुपर्ने हो । त्यो मेसिनको कामै कन्टेनरमा के छ त्यो स्पष्टसँग देखाइदिने हो । मेसिनले आफ्नो कर्तव्य पूरा गर्‍यो गरेन त्यो कुरा भन्सारका कर्मचारीलाई नै थाहा होला । तर, बारम्बार त्यहाँका भन्सार कार्यालयले फुत्काएको सुन राजस्व अनुसन्धान विभागको टोलीले भन्सार क्षेत्रबाहिर बाटोमा समात्ने गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थानबिन्दु, आगमनबिन्दुमा आधुनिक उपकरणबाट सुसज्जित प्रसस्तै सुरक्षाकर्मी, चेकजाँचका लागि भन्सार क्षेत्रमा स्क्यानर उपकरणबाट परीक्षण गर्दासमेत अवैध सामान र विदेशी मुद्रा सुरक्षा जाँचको बैरियर पार गर्दै भन्सार जाँचबाट पनि फुत्किनु त्यति सहज नहुनुपर्ने हो ।

हालसालै गत मंगलबार साउन ९ गते हङकङबाट क्याथेप्यासिफिकको जहाजबाट राति १० बजे स्कुटरको ब्रेकसु आवरणमा ल्याइएको करिब एक क्विन्टल सुन भन्सार जाँचपार गरिसकेको अवस्थामा सिनामंगलबाट राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको छ । सुनको टेललाई बिगारी स्कुटरको ब्रेकसुमा कभर गरेर आठवटा कार्टुन बक्सामा ल्याइएका १६० वटा ब्रेकसुको जाँचपास गराई सुन बाहिर निकाली ट्याक्सीमा गन्तव्यतर्फ जान लाग्दा राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलमा समातेका छन् । १६० वटा ब्रेकसुको तौल १५४ किलो भएको आधारमा सुन चाहिँ एक सय किलो हुनसक्ने अनुमान टोलीले गरेको छ ।

सुराकीले १० दिनपहिले रेडी ट्रेडर्स प्रा.लि.को नामबाट ठूलो मात्रामा सुन तस्करी हुँदैछ भन्ने खबर पाएर राजस्व अनुसन्धान विभागले आफ्नो टोलीलाई तमतयार अवस्थामा राखेको थियो । त्यसैको परिणाम स्वरूप विमानस्थलक्षेत्रबाट हिँड्ने बित्तिकै दुईजना मानिस र ब्रेकसुसहितको सुन समात्न टोली सफल भएको हो । पछि यही केसमा तीनजना अरू पनि समातिएका छन् । समात्न त ऐरेगैरे जतिलाई समाते पनि केही मतलब निस्कने कुरा भएन जबसम्म गिरोहका सरदार र सुनका असली मालिक समातिँदैनन् । विचरा भरिया ट्याक्सी चालक आफ्नो मजदुरी गरिरहेकोमा संयोगवस उक्त सामान बोक्न पुग्दा समातिनु र दण्डको भागीदार बनाइनु न्यायसंगत हुनै सक्तैन । सोधपुछ गर्दासमेत उनीहरूबाट तस्करको तहसम्म पुग्न सकिँदैन ।

बरू अरूअनेक उपाय जस्तै अन्तर्राष्ट्रिय संघसंगठन जसले यस्ता अवैध र प्रतिबन्धित वस्तुहरूको ओसारपसारलाई निरुत्साहित गर्नमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन्, त्यस्ता संघसंगठनसँग समन्वय गरी सक्रिय जालोलाई जरैदेखि भत्काउने प्रयासमा जुट्नुपर्छ र आफ्नो भन्सार बिन्दुहरूबाट त्यस्ता अवैधवस्तु चोरी निकासी हुन नपाओस् भनी इमादारीपूर्वक चनाखो रहनुपर्छ । तर, किन हो कुन्नि यस्ता अवैध कारोबार घट्नुको सट्टा झन्झन् बढिरहेको निम्नलिखित तथ्यांकले देखाइरहेको छ ।

ती अवैध वस्तु र सुन तस्करी निरुत्साहित गर्नमा तदारुकता गर्नेगरेको भए भन्सार विभागको तथ्यांक अनुसार गएको १० वर्षमा ४१ क्विन्टल १७ के.जी.बढी सुन अवैध रूपमा भित्रिने नैथिएन । यसभन्दा अघि २०७० साल असार २६ गते काटेश्वरबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चाइनाबाट भित्रिएको ३५ किलो सुन बरामद गरेको थियो । त्यस्तै २०७४ माघ ९ गते भित्रिएको साढे तेतीस किलो सुन बाटोबाटै हराए । सुनको मुख्य भरिया चूडामणि उप्रेतीउर्फ गोरे समूहको यातनाबाट मोरङका सनम शाक्यको हत्यापछि उक्त घटना बाहिरिएको थियो । २०७३ साल पुस २० गते एअर अरेबियाबाट आएको ३३ किलो सुन बरामद भएको थियो ।

त्यस्तै काठमाडौंको क्षेत्रपाटीबाट २०७४ साल भदौ १८ गते ८८ केजी सुन बरामद भएको थियो । यस्ता अनेक घटना छन् जुन त्रि.वि.भन्सार कार्यालयबाट उम्केका उम्काइएका सिआईबी र राजस्व अनुसन्धान विभागको टोलीले बाहिर बरामद गरेकाबाट त्रि.वि.भन्सारतर्फ ठाडो प्रश्न तेर्सिन्छ । एक्सरे प्राबिधिकले उक्त चार कार्टुन सामानमा कालो धब्बा देखिएकाले रिचेक गर्नुपर्ने भनी कैफियत जनाउँदाजनाउँदै भन्सार अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकालले रिचेक नगरी खुरुखुरु प्रज्ञापनपत्रमा सही गरिदिएर सामान बाहिर लैजान दिए ।

यसले के दर्शाइरहेको छ भने यहाँका भन्सार कर्मचारीको तस्करसँगको मिलिभगतमा वा अन्य सेटिङमा सुन छाड्ने गरेको बुझिन्छ । राजस्व अनुसन्धान विभागले पूर्वसूचना नपाएको भए यो क्विन्टल सुन पनि अरूहरू जस्तै गुपचुप सीमा पार भइजाने थियो । धन्न सरकारले सूचना दिनेलाई पुरस्कार दिने व्यवस्था गरेकाले खबर पाएकाले सुन समातिएको हो नत्र भने कसैलाई केही पत्तो हुने थिएन सुन सीमापार भइजाने थियो । यसै कारण अन्तर्राष्ट्रिय तस्कर गिरोह सुन, लागूपदार्थ एउटा देशबाट अर्को देशमा ओसारपसार गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिन्दुबाट छिराउन रुचाउँछन् ।

यहाँ कार्यरत मेसिनरी अन्य अन्तर्राष्ट्रिय स्तरका जस्तो चनाखो नभई सुस्त प्याटर्नमा काम गर्ने भएर कि त संदिग्ध सामान पत्तै लगाउन सक्तैनन् पत्तो लाइहाले पनि केही दिइलिइकन सजिलै काम फत्ते हुने भएकाले यतै डाइभर्ट हुनेगरेको देखिन्छ बुझिन्छ । तर, यसले गर्दा अन्तर्राष्ट्रिय समुदायमा नेपाल बडो बदनाम भइरहेको छ । राज्यको छवि दिनानुदिन धमिलिँदै गएको छ । यसको चिन्ता र चासो राज्यको शासनभार सम्हालेका उच्चपदस्थ नेतृत्वदेखि विभाग मन्त्रालयका प्रशासकीय पदाधिकारीले समेत जिम्मेबारी लिनुपर्ने देखिन्छ ।

आफ्ना मातहतका संयन्त्रबाट भएगरेको त्रुटि वा अपराधमा निजलाई दण्डसजाय गर्दै आफ्नो निगरानी र अनुगमन नपुगेको वा पुर्‍याउन नसकेको भएर उक्त घटना वा काण्ड घटित हुनगएको जिम्मेबारी बोध गरी सुशासनका लागि आफूले दण्डसजाय भोग्न तयार हुनुपर्छ राजनीतिक स्तरकाले दण्डसजायको सट्टा राजीनामा दिनुपर्छ ।

आफ्ना मातहतका संयन्त्रबाट भएगरेको त्रुटि वा अपराधमा निजलाई दण्डसजाय गर्दै आफ्नो निगरानी र अनुगमन नपुगेको वा पुर्‍याउन नसकेको भएर उक्त घटना वा काण्ड घटित हुनगएको जिम्मेबारी बोध गरी सुशासनका लागि आफूले पनि दण्डसजाय भोग्न तयार हुनुपर्छ राजनीतिक स्तरकाले दण्डसजायको सट्टा राजीनामा दिनुपर्छ । तर, यहाँ माथिकाले आफू पानीमाथिको ओभानो ठानी तलकालाई मात्र अपराधी ठहराउँदै दण्डसजाय र जागिर खाइदिने गरेको पाइएको छ । तर, हल्ला त यस्तो सुनिन्छ कि यस्ता प्रकरणमा माथिदेखि तल (राजनीतिक वृत्तदेखि प्रशासनिक वृत) सम्मकोमा सेटिङ मिलाएर यस्ता आपराधिक क्रियाकलाप हुनेगरेको छ ।

यस्ता हल्लालाई गलत सावित गर्न वा दूधको दूध पानीबाट निकाल्नुपर्ने भएर वर्तमान क्विन्टल सुन प्रकरणमा जरैसम्म पुग्ने गरी अनुसन्धान हुनुपर्छ । नेपालमा तस्करी गर्न पल्केका अन्तर्राष्ट्रिय तस्कर गिरोहको पर्दाफास गर्दै राष्ट्रिय स्तरमा गिरोहसँग जोडिएकाको पर्दाफास गरी दण्डसजायको भागीदार बनाइनुपर्दछ । यसपालि यो आस किन भरपर्दो छ भने हालको गृहमन्त्रीज्यूको केही महिनाअघिको नक्कली भुटानी शरणर्थी प्रकरण र ललितानिवास जग्गा प्रकरणको पुनरुत्थान कदमलाई मध्येनजर गर्दा यस प्रकरणमा मूल तहसम्मै पुगेर छिनोफानो गर्नुहोला जस्तो लागिरहेको छ ।

उहाँ स्वयं यस्ता काण्डको जरै खोतलेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । हुन त यो कार्य अरूजस्तो सजिलो छैन । यसमा अन्तर्राष्ट्रिय तस्कर गिरोहको जालो जेरी जस्तै एकअर्कालाई समातेको तर नाजुक पनि त्यतिकै छ किनकि जेरीको एउटा सानो टुक्रा भाँचिने बित्तिकै जेरीको आकार भताभुंग हुन्छ । त्यस्तै गिरोहको कुनै कतै शृंखला टुट्न गयो भने फेरि कडी जोड्न गाह्रो हुनजान्छ । बडो सतर्कतापूर्वक यस्ता सन्दर्भमा कार्यरत अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोग लिई अनुसन्धान नतिजामा पुर्‍याउनुपर्छ ।

अनुसन्धानको क्रममा हालसम्म १६ जना पक्राउ गरिएको छ । भरियाको रुपमा हर्कराज राई, राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ, रेडी ट्रेडको सञ्चालक दिलिप भुजेल र उनका मामा रामकुमार भुजेललाई पक्राउ गरिसकिएको छ । यसअघि बुधबार र बिहिबार गरी राजस्व अनुसन्धान विभागको विशेष अपरेसन टोलीले भारतीय नागरिक थुप्तेन छिरिङ र चिनियाँ नागरिक जेक्युयांगलीलाई पक्राउ गरेको छ । यिनीहरू आ-आफ्ना देशका तस्करको एजेन्टको रूपमा काम गरिरहेको सञ्चारमाध्यमले जनाएको छ । ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्करराज भट्ट पनि समातिएका छन् । यिनीहरूलाई पक्राउ गर्न र तहकिकात गर्न उच्च अदालत पाटनबाट थुनामा राख्ने अनुमति पाइसकिएको छ । यस सन्दर्भमा चालु रहेको अनुसन्धान जरैसम्म पुगेर असली मालिकलाई उजागर गर्न सफल होस् शुभकामना । साथै निर्दोषले दुःख नपाऊन् भन्ने कामना ।

Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
गोबिन्द सिग्देल
गोबिन्द सिग्देल
2023-07-27 10:29 pm

हेर्दै जाउ,लस्कर का पुच्छर त कब्जामा छन् ,टाउको सम्म पुग्छन् ,पुगदैनन!! एस्तै अरु मुद्दामा मा पनि!! भ्रष्टाचारको जालो जटिल छ,जेलिये को छ,शुरूवात कहाँ रकस बाट हुन्छ!!

धन बिक्रम सिङ्ह
धन बिक्रम सिङ्ह
2023-07-30 9:30 pm

अस्थिर सर्कारले गर्दा तहसम्मै पुग्न दिने हो कि होइन सन्का छ । अन्यथा नारायण काजी श्रेस्थ स्वछ छविको मन्त्रीले तहसम्मै पुग्ने कोशिस त गर्लान नि हजुर ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?