गुल्मीमा तीन वर्षमा विपद्जन्य घटनाबाट ४३ जनाको मृत्यु

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । गुल्मीमा विपद्जन्य घटनामा परी ४३ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी नायब उपरीक्षक नविनकिशोर प्रधानले पत्रकार सम्मेलन गर्दै पछिल्लो तीन आर्थिक वर्षमा गरी ४३ जनाको मृत्यु भएको बताउनुभयो । उहाँले प्रस्तुत गरेको तथ्याङ्क अनुसार ४३ जनाको मृत्यु हुँदा ४८ जना गम्भिर घाइते भएका छन् ।

प्रहरी रिपोर्ट अनुसार आर्थिक वर्ष ०७७/७८ मा विपद्जन्य घटनामा परी १३ जनाको मृत्यु भएको छ । भने २१ जना घाइते भएका छन् । जसमध्ये सबैभन्दा धेरै १३९ वटा आगलागीका घटना हुँदा ४ जनाको आगलागीमा परी मृत्यु भयो । ६ जना घाइते भए । यस्तै १० चटयाङ्का घटनामा ४ जनाको मृत्यु भयो । १२ जना घाइते भए । बाढी/डुबानमा २ जनाको मृत्यु भयो । पहिरोका ११९ घटनामा ३ जनाको पहिरोमा परी मृत्यु भयो । ३ जना घाइते भएका प्रहरी उपरीक्षक प्रधानले जानकारी दिनुभयो ।

यस्तै आर्थिक वर्ष ०७८/०७९ मा विपद्जन्य घटनामा परी १३ जनाको मृत्यु भयो । १८ जना घाइते भएका छन् । जसमध्ये त्यस आर्थिक वर्षमा पनि सबैभन्दा धेरै ३० आगलागीका घटना हुँदा ४ जनाको आगलागीमा परी मृत्यु भयो । जसमा ४ जना घाइते भए ।

चट्याङका ८ घटनामा ४ जनाको सोही कारण मृत्यु भयो । १२ जना घाइते भए । बाढी डुबानका ४ घटनामा डुबानमा परी २ जनाको मृत्यु भयो । १ जना घाइते भए । यस्तै पहिरोका ३६ घटनामा पहिरोमा परी ३ जनाको मृत्यु भयो । अविरल वषाका कारण १ जना घाइते भएको प्रहरी रिपोर्टमा उल्लेख छ ।

यस्तै आर्थिक वर्ष ०७९/८० मा विपद्जन्य घटनामा परी १७ जनाको मृत्यु भयो । ९ जना घाइते भएका प्रहरी उपरीक्षक प्रधानले जानकारी दिनुभयो । त्यस आर्थिक वर्षमा १३१ आगलागीका घटना हुँदा ६ जनाको मृत्यु भयो । ६ जना घाइते भए । चट्याङका १० वटा घटनामा ३ जनाको मृत्यु भयो । ३ जना घाइते भए । यस्तै बाढी डुबानका ८ घटना हुँदा ८ जनाको मृत्यु जिल्ला प्रहरी कार्यालयको रिपोर्टमा समावेश छ । आ.व.०७९/८० मा आगजनी गर्ने ६ जनालाई पक्राउ गरी मुद्दा दायर गरिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?