नेपालले विश्वकप छनोटको पहिलो खेल लाओससँग खेल्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सन् २०२६ मा अमेरिका र मेक्सिकोमा हुने फिफा विश्वकपका लागि भएको एसियाली छनोटको पहिलो खेलमा नेपालले लाओसको सामना गर्ने भएको छ । मलेसियाको क्वालालम्पुरस्थित एसियाली फुटबल महासंघ (एएफसी) मुख्यालयमा भएको ड्रमा नेपालले पहिलो खेलमा लाओससँग खेल्ने भएको हो । अक्टोबरमा हुने दुई लिगको छनोटपछि नेपाल अघिल्लो चरणमा प्रवेश गर्नेछ । पहिलो लिग अक्टोबर १२ र दोस्रो लिग अक्टोबर १७ तारिखमा हुनेछ ।

दोस्रो चरणका लागि शीर्ष २६ टोलीले स्थान पक्का गरिसकेका छन् । यस चरणमा प्लेअफ पार गर्ने १० टोलीसहित कुल ३६ टोलीलाई चार/चार टोलीको नौ समूहमा विभाजन गरिनेछ । सबै समूहको विजेता र उपविजेताले एएफसी एसियन कप २०२७ का लागि स्थान पक्का गर्दै विश्वकप छनोटको तेस्रो चरणमा खेल्नेछन् ।

प्रारम्भिक प्लेअफमा सहभागी टोलीलाई दुई पटमा विभाजन गरिएको थियो । पट १ मा २७ देखि ३६ स्थानका टोली छन् भने पट २ मा ३७ देखि ४६ स्थानका टोली हुनेछन् । पट १ का टोलीले पट २ को टोलीको सामना गर्दैछन् । यस चरणमा नेपाल र लाओससँगै अफगानिस्तानविरुद्ध मंगोलिया, माल्दिभ्सविरुद्ध बंगलादेश, सिंगापुरविरुद्ध गुआम, यमनविरुद्ध श्रीलंका, म्यानमारविरुद्ध मकाउ, कम्बोडियाविरुद्ध पाकिस्तान, चाइनिज ताइपेईविरुद्ध टिमोर लिस्टे, इण्डोनेसियाविरुद्ध बु्रनाई र हङकङविरुद्ध भुटानले खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?