‘मिस ग्राण्ड नेपाल’को ताज सलिनालाई

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सलिना नेपालले मिस ग्राण्ड नेपाल २०२३ को ताज चुम्न सफल हुनुभएको छ । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा नेपालले ताजसँगै विद्युतीय स्कुटर प्राप्त गर्नुभएको छ । प्रतियोगितामा प्रशंसा उप्रेती फेस अप ब्युटी इन्टरनेसनल नेपाल, करुणा दाहाल मिस औरा इन्टरनेसनल नेपाल, ब्रिटिना आले मिस्स ग्राण्ड युनिभर्सल नेपाल, लक्ष्मी बुडा मगर, मिस ग्लोबल इन्टरनेसनल नेपाल हुन सफल हुनुभयो । विजेता पाँचै जनाले नगद एक-एक लाखको अलावा विभिन्न गिफ्ट हृयाम्पर प्राप्त गर्नुभयो ।

मोडल दीपक घिमिरे, संगीतकार सरोज प्याकुरेल र रामहरि सिलवाल निर्णायक रहेको प्रतियोगिताको सबै विजेताले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने आयोजकले जनाएको छ । आरके इन्टरटेन्मेन्ट ग्रुपले  आयोजना गरेको प्रतियोगितको कोरियोग्राफी रोजिन शाक्यले गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?