बनवारीलाल मित्तलको स्मृतिग्रन्थ लोकार्पण

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । स्वर्गीय व्यवसायी बनवारीलाल मित्तलको स्मृतिग्रन्थ ‘बनवारीलाल मित्तलः एक प्रेरणा पुरुष’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मीले उक्त स्मृतिग्रन्थ लोकार्पण गर्नुभएको हो । मित्तलका बारेमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले लेखेका लेखहरू एकीकृत गरेर पुस्तक प्रकाशन गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि रेग्मीले योे पुस्तकले समाजलाई नयाँ आयाम दिन सक्ने धारणा राख्नुभयो । उहाँले अहिले समाजलाई पुरानै उपभोक्तावादी प्रकृतिको उद्योगधन्दाले मात्र समाज रुपान्तरण गर्न नसकिने बताउनुभयो । रेग्मीले नेपालमा उद्यमशीलतालाई अघि नबढाएसम्म व्यवसायले मात्र देशको आर्थिक पक्ष सवल नहुने टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले समाजलाई यही किसिमको उद्योगधन्दा व्यवसायहरूले उपभोक्तावादी प्रकृतिको उद्योगधन्दाले मात्र समाज रूपान्तरण हुँदैन् । समृद्ध र असल समाज निर्माण हुँदैन ।

स्वावलम्बी र राष्ट्रवादी चिन्तनको विकास गर्नुपर्छ । नेपालमा उद्यमशीलता अघि बढेन भने सेवा प्रदायक र व्यापार व्यवसायले देशको आर्थिक पक्ष अपेक्षीत रूपमा सवल हुने होईन ।’

समाज समाज रूपान्तरण गर्ने प्रक्रियालाई शिक्षासँग जोडेर मानीसको व्यवहार शैली र त्यसको योगदान र जन्मभूमि के हो भनेर खोज्नुपर्ने उहाँको भनाइ थियो । मित्तलले नलेखेको इतिहासलाई अभिलेख गर्न स्मृतिग्रन्थ प्रकाशनमा ल्याइएको छोरा सुधीरले जानकारी दिनुभयो ।

कार्यक्रममा डा.गोविन्द टण्डन, स्मृतिग्रन्थका सम्पादक समितिका संयोजक एमडी अग्रवाललगायतले आ–आफ्ना भनाइ राख्नुभएको थियो । मित्तललाई नजिकबाट नियाल्ने विभिन्न क्षेत्रका १४७ जना व्यत्तिले लेखेको लेखलाई एकीकृत गरेर स्मृतिग्रन्थ निकालिएको हो । फरक-फरक क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्तिले मित्तलबारे चर्चा गरेका छन् ।

बनवारी लाल मित्तल एक व्यवसायी, समाजसेवी र निजी क्षेत्रका अग्रणी व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको जन्म विसं १९९२ चैत १० मा भएको थियो भने विसं २०७२ मंसिर ९ मा देहवसान भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?