लागु औषतका बिषयमा भोजपुरमा सचेतना कार्यक्रम

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । लागु औषत नियन्त्रणका लागि पूर्वी पहाडी जिल्ला भोजपुरमा समुदाय र बिद्यालय स्तरीय गरी एक सय एकासी वटा सचेतनामुलक कार्यक्रम संचालन भएको छ । समुदाय र बिद्यालय स्तरमा सचेतना कार्यक्रम संचालन भएका हुन ।

लागु औषत नियन्त्रणका लागि डाँडागाउँ टोल बिकास संस्थाले बिहिवार भोजपुर नगरपालिकाको सभाहलमा गरेको लागु औषत सम्वन्धी कार्यक्रममा समुदाय–प्रहरी साझेदारी अवधारण कार्यक्रम अन्तर्गत सचेतना कार्यक्रम जिल्ला तहमा संचालन गरिएको जानकारी दिइएको हो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी शरत कुमार थापा क्षेत्रीले लागु औषध तथा खैरो हिरोईनमा ४ वटा मुद्धामा ९ जनालाई पक्राउ गरिएको र ३ जना फरार रहेको जानकारी दिनुभयो । प्रहरी प्रमुख थापा क्षेत्रीका अनुसार गाँजाका दुई वटा मुद्धामा दुई जनालाई पक्राउ गरिएको छ भने र एक जना फरार छन । आर्थिक वर्ष २०७९/०८० मा दुई सय ७६ रोपनीमा लगाईएको गाँजा प्रहरीले नष्ट गरेको छ ।

जिल्ला भित्र पछिल्लो समयमा दुब्यर्सनका घटनाहरुमा बृद्धि हुदै गएको र त्यस्तो कार्य हुन नदिनका लागि सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको डाँडागाउँ टोल बिकास संस्थाका अध्यक्ष दिलमान राईले जानकारी दिनुभयो । बढ्दो शहरीकरण, जनचेतनाको कमी, पारिवारीक वेवास्ता, कुलतमा फसेका साथीको संगतका कारण लागु औषध दुब्यर्सनका घटनाहरु ब्ढेको सहभागीहरुको धारणा रहेको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङ राई, भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, सुरक्ष निकायका प्रमुख, बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरु, उद्योग बाणिज्य संघ, जनप्रतनिधिीहरु लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागिहरुले लागु औषत दुब्यर्सन नियन्त्रणका लागि सवै पक्षले आआफनो तर्फबाट भुमिका निर्वाह गर्नु पर्ने बताउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?