विमान दुर्घटना अध्ययन समिति गठन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । वायु सेवा सञ्चालक संघले विमान दुर्घटना अध्ययन समिति गठन गरेको छ । विमान दुर्घटनामा धेरैले ज्यान गुमाएपछि संघले अध्ययनका लागि ट्रान्सफोर्स गठन गरेको हो ।

संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले दुर्घटनाको कारण, न्यूनीकरणका उपायलगायतका विषयमा अध्ययन गर्न समिति गठन गरिएको बताउनुभएको छ । हवाई सुरक्षा अभिवृद्धि गर्न गठित चार सदस्यीय समितिलाई एक महिनाको समय दिइएको छ ।

पूर्वसचिव यज्ञ गौतमको संयोजकत्वको समितिका क्याप्टेन हिराबाबु दाहाल, रवि कंसाकार र इञ्जिनियर एमके श्रेष्ठ सदस्य रहेको संघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?