प्रमाणपत्र समेत नक्कली ?

हिमालय टाइम्स
Read Time = 7 mins

हरेक क्षेत्रमा नक्कली मालसामान र कामकारबाहीको बिगबिगी छ । मिसावटविनाको शुद्ध खानेकुरा पाउन अब सम्भव छैन । मानिसको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने खाद्यपदार्थमा यसरी मिसावट वा नक्कली चिज–वस्तु मिसाउनुको उद्देश्य भनेको कम पैसामा आफूले किनेको वस्तुबाट बढी नाफा कमाउनु हो । यस्तो अवस्था कुन क्षेत्रमा छैन भनेर खोज्नुपर्ने स्थिति र नक्कलीपन नभएको क्षेत्र पाउनै मुस्किल छ । विष पनि सक्कली पाइँदैन भन्ने भनाइ नै छ । हालैका दिनमा एकजना सांसदको शैक्षिक प्रमाणपत्र नै नक्कली भएको भनेर उहाँलाई पक्राउ गरियो । सांसदलाई संसद्को अनुमतिविना पक्राउ गर्न मिल्दैन भनेर आवजहरू उठे । उहाँलाई लागेको आरोपमाथि अनुसन्धान भइरहेको छ ।

विद्यावारिधिको प्रमाणपत्र नक्कली ल्याएको भनेर विश्वविद्यालयका प्राध्यापकहरू नै समातिएका र केही दिन हिरासतमा बसेर फर्किएका उदाहरण पहिले पनि पाइने गरेका थिए । कुन क्षेत्रको के नक्कली हुँदा जनतालाई बढी नकारात्मक प्रभाव पर्छ भन्ने प्रश्न त उठाउन सकिएला तर नक्कली भनेको नक्कली नै हुने भएका कारण जुनसुकै क्षेत्रमा नक्क्ली कामकारबाही, व्यवहार वा मालसामानको क्रय–विक्रय गरिन्छ त्यसको प्रभाव पर्छ र त्यसले हानि पुर्याउँछ । प्रमाणपत्र नक्कली वर्तमानको मात्र समस्या होइन । यो धेरै पुरानो समस्या हो । पञ्चायतकालमा पनि नकक्ली प्रमाणपत्रधारीहरू प्रसस्त थिए । कतिको खाइरहेको जागिर खोसिएर तिनीहरू कारबाहीमा परेका उदाहरण बाक्लै पाइन्थे भने आपूm कुनै कारबाहीमा परिएला कि भनेर सरकारले छानविनलाई कडा बनाउनासाथ आफैं राजीनामा दिएर भाग्नेहरूको संख्या त्यत्तिकै हुन्थ्यो ।

यस्तो समस्या प्रायः शिक्षकहरूमा देखिन्थ्यो । नक्कली प्रमाणपत्र त्यस्ता दुई थरी मानिसमा पाइन्छ जो कि त पढाइ कमजोर भएका कारण कहीँ कतैबाट नक्कली प्रमाणपत्र ल्याएर जागिर खाने गर्छन् भने अर्को थरी चाहिँ आफ्नो पढाइ सामान्यतया राम्रै भएर पनि बेफुर्सदी वा यस्तै विविध कारणले त्यसभन्दा माथिको पढाइलाई निरन्तरता दिन नसकेकाले किर्ते बाटो अपनाउने गर्दछ । तराईको सीमाक्षेत्रमा चाहिँ प्रमाणपत्र नभए वैवाहिक सम्बन्ध नै कायम नहुने तर आपूm चाहिँ तल्लै कक्षामा अनुत्तीर्ण भएका कारण जसरी भए पनि माथिल्लो योग्यताको प्रमाणपत्र देखाएर कुटुम्ब झुक्याउने गरिन्छ । यो त्यतातिरको आमप्रचलन जस्तै छ । जागिरमा प्रवेश गर्न र बढुवा खानका लागि प्रमाणपत्रहरू नक्क्ली ल्याउने गरेको पाइन्छ ।

शैक्षिक योग्यताका प्रमाणपत्र पनि नकक्ली ? यो पश्चिमा देशहरूमा हो भने असम्भव मानिन्थ्यो होला तर हाम्रोमा यो सनातन व्यवहार जस्तै बनेको छ । नेपाल–भारतको सीमाना खुला छ । परम्परादेखि नेपालीहरू पढाइका लागि भारत जाने गरेका थिए । त्यसरी गएर बसेर पढेकाहरू त विद्वान भएर फर्किने गरेका हुन् तर सँगैको साथीले योग्यता हासिल गरेर आएको आपूm जान नपाएको तर कुनै न कुनै तरिकाले आफू पनि उसको दाँजोमा आउने लालसा वा ऊप्रतिको इष्र्याका कारण कुनै फरक बाटो अपनाउनुपर्ने हुन्छ । यसो गर्दा ऊ नक्कली प्रमाणपत्र कुनै तरहले ल्याउन सफल बन्छ ।

यसो गर्दागर्दै फरक बाटो अवलम्बन गर्नेहरूको संख्या अत्यधिक पुगेको छ । अनुसन्धान ब्युरोले हाल नक्कली प्रमाणपत्रहरूका छानविनको जिम्मेवारी पाएको छ र छानविन सुरु गरेको छ । भारतका केही विश्वविद्यालयहरूमा नक्क्ली प्रमाणपत्र दिने काम गरिन्छ र त्यसको दुरुपयोग गरेर नेपालीहरूले प्रसस्त संख्यामा यस्ता प्रमाणपत्रहरू ल्याएर जागिर खाने बढुवा हुनेजस्ता काम गर्ने गरेका छन् । कसै–कसैले त रवाफकै लागि पनि यस्ता शैक्षिक प्रमाणपत्र ल्याएका होलान् तर त्यस्ता निकै कमै होलान् । राजनीति गर्नका लागि पनि प्रमाणपत्र लागू गर्ने हो भने त यस्ता प्रमाणपत्र सबैका हातहातमै हुने थिए ।

ती प्रमाणपत्रहरूको छानविन कडाइका साथ गरिनुपर्छ । एकातिर नक्कली प्रमाणपत्रले सक्कलीलाई दपेट्ने काम गरिरहेको छ भने अर्कातिर नक्कली प्रमाणपत्रधारीबाट कुनै पनि स्तरीय काम हुन नसक्ने भएकाले त्यसले राष्ट्रको सम्पूर्ण क्षेत्रलाई नै कमजोर बनाउँछ । चिकित्सकको नक्कली प्रमाणपत्र ल्याएर उक्त कार्यमा संलग्न भएको मानिस छ भने उसबाट कस्तो खालको सेवा बिरामीले पाउँलान् ? नक्कली प्रमाणपत्रधारीबाट पाइने काम निश्चय नक्कली नै हुन्छ । त्यसबाट कसैको भलाई हुँदैन । यसर्थ ती नक्कली प्रमाणपत्रधारीलाई छानविन गरेर कारबाही गर्नैपर्छ । सम्बन्धित निकायले यसतर्फ सोच्नु आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?