सेवा विस्तार गर्दै आधारभूत स्वास्थ्य केन्द्र

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

बर्दघाट । बर्दघाट नगरपालिका–४ मा भौतिक रुपमा सानो सँस्थाको रुपमा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र सेवाग्राहीको विश्वासको केन्द्र बन्दै गएको छ ।

बर्दघाट नगरपालिका–४ हाटबजार क्षेत्रमा रहेको केन्द्र विशेषगरी खोप सेवा सँचालनको लागि स्थापित भएपनि पछिल्लो समय खोप सेवा सँगसँगै पोषण कार्यक्रम, परिवार नियोजन सेवा, गर्भवती र सुत्केरी जाँच सेवा, बहिरँग सेवा, क्षयरोग र कुष्ठरोगको औषधि वितरण लगायतका सेवा प्रदान गर्दै आएको केन्द्रकी प्रमुख जनस्वास्थ्य निरिक्षक सुदिपा शर्माले बताउनु भयो ।

नगरको मुख्य बजार क्षेत्रमा सरकारी स्वास्थ्य केन्द्रको रुपमा रहेको एकमात्र सँस्थाले थोरै जनशक्तिले धेरै सेवा प्रवाह गरेको छ । ५ जना स्वास्थ्यकर्मी कार्यरत केन्द्रमा औषत दैनिक २० देखी २५ जना सेवाग्राहीले सेवा लिइरहेका छन । विशेषगरी परिवार नियोजन सेवा लिनको लागि बर्दघाट नगरपालिका र आसपासका क्षेत्र सहित गण्डकी प्रदेशको अरुणखोला, दुम्किबास, त्रिवेणी लगायतका क्षेत्रबाट सेवाग्राही आउने गरेको केन्द्र प्रमुख शर्माले बताउनु भयो ।

केन्द्रमा सेवाग्राहीलाई स्वजानकारी हुने उद्देश्यले पोषण कर्नर र स्वास्थ्य शिक्षा कर्नर समेत राखिएको छ । निकट भविष्यमै प्रयोगशाला सेवा सँचालनको तयारी गरेको केन्द्रमा नर्सिङ स्टाफको अभाव रहेको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ मा जनघनत्व अधिक भएपनि सामान्य ड्रेसिङ, इन्जेक्सन र गर्भवती परिक्षणको लागि अन्यत्र जानुपर्ने बाध्यताको केन्द्रले अन्त्य गरेको छ ।

केन्द्रले गर्भवती र सुत्केरी जाँच सेवा, वृद्धवृद्धाहरूलाई घरमै पुगेर समेत सेवा प्रदान गरिएको केन्द्र प्रमुख शर्माको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?