मुग्लिन-नारायणगढ सडकखण्ड पुन: अवरुद्ध

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

चितवन । चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका-६, कालीखोला पुलनजिकै सडकमाथिबाट पहिरो खसेपछि आइतबार बिहान करिब पौने १० बजेदेखि सडक अवरुद्ध भएको हो । पानी परिरहेको र लेदो बगिरहेको बाटो पन्छाउन समस्या भइरहेको छ ।

पानी पर्न र लेदो खस्न छाडेपछि बाटो पन्छाउनका लागि सडक डिभिजनको ‘मेसिन’ तयारी अवस्थामा राखिएको छ । शनिबार पनि सोही स्थानमा केही समय सडक अवरुद्ध भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?