सर्लाहीलाई सुक्खा क्षेत्र घोषणा गर्न माग 

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 3 mins

सर्लाही । सर्लाहीलाई सुक्खा क्षेत्र घोषणा गर्न माग गरिएको छ ।

आज सदरमुकाम मलङ्गवामा जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंहको अध्यक्षतामा बसेको सर्वदलिय/सर्वपक्षिय बैठकले जिल्लालाई सुक्खा क्षेत्र घोषणा गर्न माग गरेको हो ।

पानी पर्ने सिजन पनि अन्त्य हुँदै गएकाले अब उप्रान्त यस वर्षको आवश्यकता अनुसारको धान रोपाइँ हुन नसक्ने र पानी तथा सिँचाईको प्रवन्ध हुन नसक्ने देखिएकाे बैठकले ठहर गरेकाे छ ।

जिल्लालाई सुक्खा क्षेत्र घोषणा गरी किसानलाई प्रत्यक्ष लाभ हुने गरी आगामी बालीको लागि मलखाद र बीउकाे र  राहतका लागि संघ र प्रदेश सरकारलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।

जिल्ला कृषि ज्ञान केन्द्र मलङ्गवाका अनुसार बागमती सिँचाई आयोजनाको सिँचित क्षेत्रमध्ये प्रायः जसो र मनुष्मारा सिँचाई आयोजनाको सिँचित क्षेत्रमध्येको प्रायः जसो बाहेक भूमिगत सिँचाईबाट किसानले खेती गर्ने कूल क्षेत्रफलको ५० प्रतिशत भन्दा कम मात्र क्षेत्रफलमा रोपाइँ भएको छ ।

यस्तै, बैठकले अन्नपूर्ण चिनी मिल धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहले किसानसँग गत वर्ष खरिद गरेको उखुको रकम हालसम्म पनि भुक्तानि नगरेकाले उक्त भुक्तानि गराइदिन माग गरेकाे छ ।  नेपाल सरकारले कृषकलाई दिने भ्याटबापतको अनुदान रकम प्रति क्विन्टल ७० रुपैयाँको भुक्तानि समेत बाँकी रहेकामा किसानलाई दैनिक व्यवहार धान्न, मलखादको प्रयोग गर्न कठिानाइ भइरहेकाले अविलम्व भुक्तानि गर्न संघ सरकारसँग माग गरिएको छ ।

त्यस्तै, जिल्लामा पशुहरुमा व्यापक रुपमा लम्पी स्किन रोग देखा परी पशचौपाय रोगबाट ग्रसित भइ मर्ने क्रम जारी रहेको र पशुधनबाट किसान तथा उपभोक्ता प्रत्यक्ष रुपमा प्रभावित भइरहेको अवस्था देखिएकाले यथाशीघ्र तीन लाख लम्पी स्किन रोगविरुद्धको खोप उपलब्ध गराइ दिन संघ र प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार दलका प्रतिनिधि, कृषि तथा पशु कार्यालयका प्राविधिक, नागरिक समाजलगायतको संयुक्त बैठक गरेर यि माग गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?