आजदेखि रत्नपार्क–सुर्यविनायक द्रुत बस सेवा पुनः सञ्चालनमा आउँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आजदेखि रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा पुनः सञ्चालनमा आउने भएको छ। बस संख्या थपेर र सडक रंगरोगन गरेर पुनः द्रुत बस सञ्चालनमा ल्याइन लागेको हो ।

सो खण्डमा पर्ने सडक पुनः रङरोगन गरिएको छ । ठाउँ ठाउँमा बोर्ड राखिएका छन् । यस सेवाका लागि ११ वटा बस थपिएका छन् । यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले थप ११ वटासहित पहिलेभन्दा व्यवस्थित तरिकाले द्रुत बस सेवा पुनः सञ्चालनमा ल्याइएको बताए ।

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन, यात्रुहरूको जाम कम गर्ने तथा निजी सवारी साधन नभएका नागरिकलाई सार्वजनिक सवारीसाधनमा आकर्षित गर्ने उद्देश्यसहित संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि सञ्चालनमा आएको सो बस सेवा दसैँपछि स्थगित भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?