संखुवासभा पत्रकार महासंघले भलिबल संघको कार्यक्रम बहिस्कार गर्ने

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

संखुवासभा । पत्रकार महासंघ र जिल्ला भलिबल संघ विचको पछिल्लो बिवाद बारे पत्रकार महासंघ संखुवासभा र पत्रकार सम्बद्ध संघसंस्थाहरूले विज्ञप्ती जारी गरेको छ ।

हालै सम्पन्न राष्ट्रिय भलिबल प्रतियोगिताको समाचार स्थानीय पत्रपत्रिकाले प्रकाशन नगरेको भन्दै भलिबल संघका अध्यक्ष मेदिनी घिमिरेले फेसबुकमा लेखेपछि बिवाद सुरू भएको हो । उक्त पोष्ट पछि जिल्लाका पत्रकारहरूले समाचार लेखनमा कुनै कञ्जुस्याई नगरेको भन्दै असन्तुष्टि ब्यक्त गर्दै आएका थिए ।

पछि अध्यक्ष घिमिरेले पोष्ट सम्पादन गर्दै स्थानीय पत्रिका पाख्रिबास साप्ताहिकले समाचार प्रकाशन नगरेको बताएका थिए । यसपछि जिल्ला भलिबल संघले आयोजना गरेको आय ब्याय सार्बजनिक गर्ने कार्यक्रम स्थलमा नजाने बरू पत्रकार महासंघको कार्यालयमा नै कार्यक्रम गरेर सार्वजिनक गर्न भनेको थियो ।

महासंघ र भलिबल संघ दुवैले भनेको ठाउँमा नगएपछि फेसबुकबाट नै बिवरण सार्बजनिक गरिएको थियो । बिवरणसँगै भलिबल संघले बिवादको बिषयमा विज्ञप्ति जारी गरेको थियो । महासंघ र पत्रकार सम्बद्ध संस्थाहरूले भलिबल संघले आयोजना गरेको कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको हो । यसैबीच प्रेस युनियन, चौतारी र प्रेस सेन्टर नेपालले आर्थिक हिसाब किताव छानविनको माग गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?