लागुऔषधसहित आठजना पक्राउ

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । देशका विभिन्न स्थानबाट आठजना लागुऔषधसहित पक्राउ परेका छन् । सर्लाहीको बरहथवा नगरपालिका-७ वनटोल बस्ने ६८ वर्षीय परीक्षण पण्डितलाई अवैध लागुऔषध गाँजा ४ सय ८० ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले घरभित्र लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

सर्लाहीकै लालबन्दी नगरपालिका-१२ जियाजोर जाने बाटो नजिकबाट अवैध लागूऔषध गाँजा करिब ९ केजीसहित सोही नगरपालिका-१४ बस्ने २५ वर्षीय वीर बहादुर गोलेलाई पक्राउ गरेको छ । प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले बा.५० प २९९८ नम्बरको मोटरसाइकल चालक गोलेलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

मोरङको उर्लाबारी नगरपालिका-३ केर्खाली चोक बस्ने १९ वर्षीय विश्वास धिमालसमेत तीनजनालाई अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब २१ ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले धिमालको घरबाट उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

कैलालीको गोदावरी नगरपालिका-५ गेटाबाट अवैध लागूऔषध अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्राम ८३० मिलिग्राम, प्रोक्सिब्यान्ड स्पास नामक ट्याब्लेट १६ थानसहित सोही नगरपालिका-७ बस्ने २८ वर्षीय पदम साउँद समेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गेटाबाट खटिएको प्रहरीले प्रदेश २-०३-००५ प ८२२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

पर्साको वीरगञ्ज महानगरपालिका-१५ प्रतिमा चोकबाट नियन्त्रित लागुऔषध नाईट्राभेट ९० ट्याब्लेट, एकसय एमएलको वानरेक्स ५ बोतल र लागूऔषध चरेस जस्तो देखिने खैरो पदार्थ ८० ग्रामसहित मकवानपुर हेटौंडा उपमहनागरपालिका-११ बस्ने ३१ वर्षीय बिकी बिकलाई गएराति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना.७ प ६८१४ नम्बरको मोटरसाइकल चालक बिकलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

बाराको सिम्रौनगढ नगरपालिका-१ ढाटटोलाबाट अवैध लागूऔषध गाँजा ३० केजी प्रहरीले बरामद गरेको छ ।  ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिहरूले उक्त लागुऔषध फाली फरार भएपश्चात प्रहरीले उक्त गाँजा बरामद गरेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?