स्पेनमाथि जापानको सानदार जित

Read Time = 2 mins

लण्डन । उपाधि दाबेदार स्पेनमाथि सानदार जित निकाल्दै एसियाली राष्ट्र जापान समूह विजेता बन्दै फिफा महिला विश्वकप फुटबलको प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्पेनमाथि चार-शून्यको सानदार जित निकाल्दै जापान समूह ‘सी’ को विजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भएको हो । हारका बाबजुद स्पेन पनि समूहको उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरेको हो ।

जापानको फराकिलो जितमा हिनाता मियाजावाले दुई तथा रिको युकी र मीना तानाकाले समान एक गोल गर्नुभयो । खेलको १२औँ मिनेटमा हिनाता मियाजावाले गोल गर्दै जापानलाई अग्रता दिलाउनुभयो । २९औँ मिनेटमा रिकोले गोल गर्दै जापानको अग्रता दोब्बर पार्नुभयो ।

४०औँ मिनेटमा हिनाताले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्नुभयो । ८२औँ मिनेटमा मीना तानाकाले गोल गर्दै जापानलाई सानदार जित दिलाउनुभयो । यस जितले अपराजित रहेको जापानले तीन खेलबाट नौ अंक बटुल्यो । जापानसँग पराजित स्पेन ६ अंक जोडेर दोस्रो स्थानमा रहृयो । यो समूहमा जाम्बियाले तीन तथा कोस्टारिका अंकविहीन बनेर बाहिरिए ।

अब जापानले प्रि-क्वाटरफाइनलमा समूह ‘बी’ को उपविजेता नर्वेसँग तथा स्पेनले समूह ‘ए’ को विजेता स्वीट्जरल्याण्डसँग खेल्नेछ ।
सोमबार नै हृयामिल्टनमा भएको यही समूहको अर्काे खेलमा जाम्बियाले कोस्टारिकालाई ३-१ ले पराजित गर्दै समूहमा सान्त्वना जित निकालेको छ । जाम्बियाको जितमा लुसोमो मेम्वा, बारब्रा बण्डा र रचेल कुन्दानान्जीले गोल गर्नुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?