कोशी प्रदेश संघर्ष समिति र सरकारबीच आज वार्ता हुँदै

हिमालय टाइम्स
Read Time = 1 min

बिराटनगर । कोशी प्रदेश सरकार र प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिबीच आज वार्ता हुँदैछ । बिहान ८ बजे विराटनगरको बिग होटलमा वार्ता गर्ने सहमति भएको हो ।

आन्दोलनरत प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका नेता प्रेम ऐकतेनलेका अनुसार विराटनगरमा दुई दिनसम्म चलेको बैठकले वार्ता गर्ने निर्णय गरेको थियो ।

सरकारले वार्ताका लागि पत्राचार गरेको १ हप्तापछि आन्दोलनरत पक्षले पनि आइतवार वार्ताका लागि समिति बनाएको छ ।

आन्दोलनरत पक्षले बनाएको समितिमा कोशीकै पक्षमा हस्ताक्षर गर्ने माओवादी केन्द्रका नेता समेत छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?