उपराष्ट्रपतिद्वारा एक सय १० फिटको उचाईमा राखिएको झण्डा उद्घाटन

हिमालय टाइम्स
Read Time = 3 mins

महोत्तरी । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मटिहानी वडा नम्बर ७ स्थित तस्मैयाबाबा उद्यानमा रहेको एक सय १० फिटको उचाईमा राखिएको झण्डा फहराएर उद्घाटन गर्नुभएको छ ।

मंगलवार महोत्तरीको मटिहानी पुग्नुभएका उहाँले तस्मैयाबाबा उद्यानमा रहेको एक सय १० फिटको उचाईमा राखिएको झण्डा फहराएर उद्घाटन गर्नुभएको हो । झण्डा उद्घाटन तथा नागरिक अभिनन्दन कार्यक्रममा उपराष्ट्रपति यादवले सीमावर्ती क्षेत्रमा पर्ने मटिहानीमा राष्ट्रध्वज स्थापना गरी यहाँका जनताले राष्ट्रप्रति उच्च अपनत्व देखाएको बताउनु भयो ।

उहाँले मटिहानी नगर राष्ट्रध्वजको माध्यमबाट देश र मातृभूमिप्रति लगाव र सम्मानको प्रदर्शन गर्नमा सफल भएको पनि बताउनु भयो ।

उपराष्ट्रपति यादवले नेपाल बहुधार्मिक, बहुजातीय र बहुक्षेत्रीय देश रहेको भन्दै सम्पूर्ण जनताका साथ सामाजिक न्याय, समानता र सम्मानसँगै हरेक वर्ग र समूहको भलाइका लागि लोकतान्त्रिक पद्धतिअनुसार कानूनी व्यवस्थाहरू गरिएको पनि बताउनु भयो । उपराष्ट्रपति यादवले नेपाल र भारतको समस्त वैष्णव मठको प्रधान रहेको लक्ष्मीनारायण मठ, नेपालको सबैभन्दा ठूलो राजगुठी र नेपालको प्रथम शिक्षालय राजकीय संस्कृत पाठशाला मटिहानीमा रहेको भन्दै यो पवित्र भूमिमा देशप्रेम, राष्ट्रभक्ति र राष्ट्रियताको एकताको प्रतिक रहेको नेपालको राष्ट्रध्वज स्थापना गर्नु गौरवको विषय भएकोसमेत बताउनु भयो । उपराष्ट्रपति यादवले तराई–मधेस सुख्खा क्षेत्रमा परिणत भएकोमा चिन्ता पनि व्यक्त गर्नुभयो । उहाँले वर्षा नहुँदा यस क्षेत्रका किसानका साथै आमजनताले धेरै समस्याको सामना गर्नुपरेकाले संवेदनशील भई समस्याको निराकरण गर्नु सरकारको दायित्व भएको पनि बताउनु भयो ।

उपराष्ट्रपति यादवले सो क्रममा पीरवावा मजारको समेत दर्शन गर्नुभएको थियो । हिन्दु सनातन परम्पराका महासन्त तस्मैयावावा र इस्लाम परम्पराका सुफी सन्त पीरबाबा १६ औं शताब्दीमा आधुनिक मटिहानीको जग बसाउने व्यक्तिका रूपमा चिनिनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?