जापानमा ‘नेपथ्य’

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । लोकरक ब्याण्ड नेपथ्यले जापानमा कन्सर्ट गर्ने भएको छ । नेपथ्यले जापानको राजधानी टोकियो पछि फुकुओका र ओसाका सहर कन्सर्ट गर्न लागेको हो । यसका लागि १४ सदस्यीय टोली यही अगस्त महिनाको पहिलो साता त्यसतर्फ प्रस्थान गर्दैछ ।

नेपथ्यले टोकियोस्थित ‘तोयोसु पिट’मा अगस्त ८ तारिखका दिन आफूलाई प्रस्तुत गर्नेछ । त्यसैगरी ब्याण्डले अगस्त १२ तारिखका दिन ‘फुकुओका सिभिल हल’ र अन्तिममा अगस्त १७ तारिखका दिन ओसाकास्थित ‘नाम्बा हृयाच’मा नेपाली लोकरक गुञ्जाउनेछ ।

सन् १९९८ मा नेपथ्य पहिलोपटक जापानमा प्रस्तुत भएको थियो । पछिल्लोपटक ब्याण्डले आफूलाई सन् २०१८ मा त्यहाँस्थित प्रसिद्ध ‘टोकियो डोम’मा प्रस्तुत गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?