इन ड्राइभर : साइबेरियादेखि सिलिकन भ्यालीसम्म

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभका संस्थापक (फाउण्डर) तथा सिइओ आर्सेन टम्स्कीले आफ्नो पुस्तक ‘इनड्राइभरः फर्म साइबेरिया टु सिलिकन भ्याली’ को नेपाली अनुवादित संस्करण सार्वजनिक गर्नुभएको छ ।

पुस्तक अब अंग्रेजी, स्पेनिस, पोर्चुगिज भाषापछि नेपालीमा उपलब्ध भएको हो । मंगलबार काठमाडौंमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममा इनड्राइभका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आर्सेन टम्स्कीले भन्नुभयो, ‘पाठकसँग मेरो यात्रा अनुभव साझा गर्न पाउँदा म धेरै नै खुसी छु । इनड्राइभको जग र विकास मेरा लागि व्यावसायिक प्रयासमात्र होइन, एउटा गहिरो व्यक्तिगत र भावनात्मक यात्रा पनि हो, जसले मेरो जीवनलाई आकार दिएको छ र यसको विकासका बारेमा लेख्नु परिवर्तनकारी भएको छ । सबैजनालाई आफूसँगै यो साहसिक कार्यको अनुभव लिन स्वागत गर्दछु ।’

पुस्तकले आर्सेनको जीवन कथालाई अनावरण गरेको छ । साइबेरियामा जीवनका कठोर वास्तविकताहरू नेभिगेट गर्नेदेखि लिएर दृढ आत्मविश्वाससाथ प्राविधिक उद्यमशीलताका क्षेत्रमा प्रवेश गर्ने विषय समावेश छन् । पुस्तकमा उतारचढाव, जोखिम र पुरस्कारका साथै आर्सेनको यात्रालाई आकार दिने निर्णायक क्षण कैद छन् ।

आर्सेन टम्स्की याकुटियाका एक टेक उद्यमी हुनुहुन्छ, जसले इनड्राइभको स्थापना गर्नुभएको हो । आर्सेनको यात्रा एक सफ्टवेयर इञ्जिनियरका रूपमा सुरु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?