दीपेन्द्रको प्रदर्शन जारी, सन्दीप विकेटविहीन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले ग्लोबल टी-२० क्यानडा लिगमा आफ्नो लय कायम राख्दा अर्का नेपाली खेलाडी सन्दीप लामिछाने भने विकेटविहीन बन्नुभएको छ । दीपेन्द्रको प्रदर्शनका बाबजुद उहाँ सम्मिलित मोन्टरिल टाइगर्सका अन्य ब्याटरको खराब प्रदर्शनका कारण भ्यानकुभेर नाइट्ससँग नौ विकेटले पराजित भएको छ । जितका लागि १०० रनको सामान्य विजयी लक्ष्य पछ्याएको नाइट्सले १४.५ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्‍यो । नाइट्सको जितमा मोहम्मद रिजवान ५४ बलमा १० चौका र एक छक्कासहित ६८ रनमा आउट हुनुभयो ।

यस्तै, कोब्रिन बोस २९ बलमा तीन चौकासहित २८ रनमा नटआउट रहनुभयो । टाइगर्सका आन्द्रे रसेलले एक विकेट लिनुभयो । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको टाइगर्स १८.३ ओभरमा सबै विकेट गुमाएर ९९ रनमा समेटियो । दीपेन्द्रले २७ बलमा तीन चौकासहित २४ रन बनाउनुभयो । उहाँ टोलीका लागि सर्वाधिक दोस्रो धेरै रन बनाउने खेलाडी बन्नुभयो ।

त्यसअघि ओपनर मोहम्मद वासिमले २४ बलमा चार चौका र एक छक्कासहित २८ रन बनाउनुभयो । जुनैद सिद्दिकले चार ओभरमा २७ खर्चेर ३ विकेट लिनुभयो । यस्तै, कोब्रिन बोसले चार ओभरमा १६ रन खर्चेर दुई विकेट हात पार्नुभयो ।

यस्तै, अर्को खेलमा सन्दीप लामिछानेको टोली सर्रे जागुअर्सले ब्राम्पटन जागुअर्सलाई ६ विकेटले हराए पनि उहाँ भने विकेटविहीन बन्नुभयो । सन्दीप लामिछानेले ३ ओभरमा २५ रन खर्चिंदा विकेट लिन सक्नुभएन । मोन्टरियल टाइगर्स सात खेलमा नौ अंकका साथ शीर्षस्थानमा छ । सर्रे छ खेलमा आठ अंकका साथ दोस्रो स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?