ढाका । बङ्गलादेशमा वनभोज खान खाएर घर फर्केकाहरू चढेको डुङ्गा डुब्दा आठ जनाको मृत्यु भएको छ ।
राजधानी ढाकाबाट ३० किलोमिटर टाढा रहेको मुन्शीगञ्ज जिल्ला भएर बग्ने विशाल पद्मा नदीको सहायक नदीमा शनिबार राति डुङ्गा पल्टिएको नागरिक रक्षा तथा अग्नि नियन्त्रण कार्यालयका ड्युटी अफिसर रफी अल फारुकले बताएका छन् ।
“अहिलेसम्म स्थानीयवासीको सहयोगमा तीन महिला, तीन बालबालिका र दुई जना पुरुषको शव नदीबाट निकालिएको छ,” फारुकले भनेका छन् ।
खोजमा संलग्न अधिकारीका अनुसार करिब ४६ यात्रु बोकेको डुङ्गा राति आठ बजे नदीमा बालुवाले भरिएको डुङ्गासँग ठोक्किएर पल्टिएको थियो । नदी किनारमा डुङ्गा डुबेकाले अधिकांश यात्रु पौडेर ज्यान जोगाउन सफल भएका थिएभने चार जनालाई जीवितै उद्धार गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच