भोजपुर । मर्ज प्रक्रियामा गएर संयुक्त कारोवार सुरु गरेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड भोजपुरले बीमा मध्यस्थकर्ता अभिमुखीकरण गरेको छ ।
प्रभु महालक्ष्मीले उपक्षेत्रीय प्रमुख जगत नाथ फुयालको उपस्थितीमा अभिमुखीकरण गरेको हो । आर्थिक बर्ष २०८०/०८१ मा कम्पनीका भावी कार्यक्रम र नयाँ बीमा योजनाहरुका बारेमा सहभागिहरुलाई सहजीकरण गरिएको थियो । प्रभु लाइफ र महालक्ष्मीका बीचमा मर्ज प्रक्रिया भएपछि पहिलो पटक जिल्ला तहमा अभिमुखीकरण कार्यक्रम गरिएको जिल्ला शाखा प्रमुख सुमन श्रेष्ठले जानकारी दिनुभयो ।
सोक्रममा गत अर्थिक बर्ष २०७९/०८० मा सर्वकृष्ट प्रिमियम संकलन गर्ने एजेन्सी मेनेजर र एजेन्सी अफिसरहरुलाई सम्मान स्वरुप मायाको चिनो समेत प्रदान गरिएको थियो । उपक्षेत्रीय प्रमुख जगत नाथ फुयालले जीवन बीमा जोखिमका लागि सहयोगी हुने भएकाले बीमाका बिषयमा नागरिकलाई बुझाउन सक्नु पर्ने बताउनु
भयो ।
प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्ज भई गत असार २९ गतेदेखि एकीकृत कारोबार सुरु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच