युवा क्रिकेट टोलीको घोषणा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालले एसिसी यू-१९ प्रिमियर कप खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । प्रतियोगिता अक्टोबर १२ देखि २४ सम्म मलेसियामा हुनेछ । १६ एसोसिएट टोली सहभागी प्रतियोगितामा शीर्ष तीन टोलीले आगामी डिसेम्बरमा हुने यू-१९ एसिया कप खेल्न पाउनेछ । नेपाल उपाधिको प्रमुख दाबेदार टोली हो ।

नेपाली टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्रे, दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल(कप्तान), सुवास भण्डारी, विशाल केसी र मिलन बोहरा रहनुभएको छ । यस्तै, वैकल्पिक खेलाडीमा प्रज्वल थापा, विपिन रावल, निर्मल गुरुङ र राजेश यादव रहनुभएको छ ।

नेपालले गत फागुनमा आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट उपाधि जित्दा १४ सदस्यीय टोलीलाई निरन्तरता दिएको छ । उक्त टोलीबाट कुनै पनि खेलाडी परिवर्तन गरेको छैन ।

समूह ‘ए’ मा नेपाल, बहराइन, साउदी अरेबिया र इरान छन् । समूह ‘बी’ मा युएई, ओमान, कतार र चीन छन् । समूह ‘सी’ मा सिंगापुर, कुवेत, थाइल्याण्ड र माल्दिभ्स छन् । समूह ‘डी’ मा हङकङ, मलेसिया, जापान र इण्डोनेसिया छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?