काठमाडौं । नेपालको पहिलो बिमा कम्पनी नेपाल इन्स्योरेन्सको प्रस्तावित १०.५२६३ प्रतिशत बोनस सेयर पारित भएको छ । शुक्रबार सम्पन्न कम्पनीको ७५औँ वार्षिक साधारणसभाले उक्त बोनस सेयर प्रस्ताव पारित गरेको हो ।
यससँगै कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश पाउनेछन् ।
हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४९ करोड ४७ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनसपछि चुक्ता पुँजी एक अर्ब ६४ करोड ४१ लाख रुपैयाँ नाघ्नेछ । साथै साधारणसभाले भूकम्पपीडितलाई राहतस्वरूप २५ लाख रुपैयाँ प्रदान गरिएकोमा सोको अनुमोदन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच