सदनमा अवरोध हटाउने विषयमा सभामुखले शीर्ष नेतासँग छलफल गर्ने

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने विषयमा शीर्ष दलका नेताहरूसँग छलफल गर्ने हुनुभएको छ । सोमबार संसद् बैठक बस्नअघि शीर्ष दलका नेतासँग छलफल गर्ने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जानकारी दिएको छ ।

सभामुख घिमिरेले आज सदनको अवरोध हटाउने विषयमा सचेतकहरूसँग छलफल गर्नुभएको थियो । तर छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आआफ्नो अडान कायम राखेपछि उहाँले सोमबार अपराह्न १२ बजे शीर्ष दलका नेतासँग सदन अवरोधको निकास खोज्न बैठक तय गर्नुभएको हो ।

आजको बैठकमा सत्तापक्षका सचेतकहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्णयअनुसार नै भ्रष्टाचारको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिको आवश्यकता नभएको बताएको थियो । उहाँहरूले सरकारी निकाय नै पर्याप्त भएको अडान लिनुभएको थियो ।

यता, प्रतिपक्षका सांसदले अहिलेको सरकारी संयन्त्रले छानबिनको काम गर्न नसक्ने र ठूला दलका नेतालाई अनुसन्धानको दायरामा ल्याउन नसक्ने बताउनुभयो । उहाँहरूले उच्चस्तरीय छानबिन समिति गठन गराँै भन्ने पक्षमा अडान लिनुभयो ।

सभामुखको कार्यकक्षमा भएको छलफलमा नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, नेकपा९एमाले० का सांसद लीलानाथ श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार, जनता समाजवादी नेपालका प्रमुख सचेतक प्रदीप यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाही सहभागी हुनुहुन्थ्यो । नेकपा ९माओवादी केन्द्र० का प्रतिनिधि सहभागी थिएनन् ।

नेकपा (एमाले) सचेतक महेशकुमार बर्तौलाले सदनको अवरोध हटाउन सभामुखले शीर्ष नेताको तहमा पहल गर्नुपर्ने बताउनुभयो । उहाँले सत्तापक्षले संवादबाट निकास खोज्न तयार नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अवरोध हामीले होइन सत्तापक्षको अडानले ग¥यो । उच्चस्तरीय छानबिन समिति गठनको मामिलामा हामी लचक हुँदैनौँ, हामीले उठाएको मागलाई सम्बोधन गरेर सदन अघि बढाउनुपर्छ ।”

रास्वपाका प्रमुख सचेतक परियारले आजको बैठकमा शीर्ष दलका नेताहरूबाटै यस विषयलाई टुङ्गोमा पु¥याउन सभामुखलाई सुझाव दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रमुख सचेतकहरू मात्र बसेर पनि विषयले टुङ्गो नपाएपछि हामीले सभामुखलाई शीर्ष नेताबीच छलफल गर्न सुझाव दिएका हौँ ।”

सत्तापक्ष र प्रतिपक्षको बीचमा सदन अवरोध गर्न नहुने धारणा राख्दै आएको रास्वपाले उच्चस्तरीय छानबिन समिति गठन गर्नमा सरकार लचक हुनुपर्ने बताउँदै आएको छ । “हिजो अस्ति हामी जहाँ थियौँ त्यही छाँै । सत्तापक्ष र प्रतिपक्षका बीच सदन बन्दी बन्नुहुन्न, जनताका मुद्दा बिर्सिन्न हुँदैन”, प्रमुख सचेतक परियारले भन्नुभयो, “सदन चल्नुपर्छ र अर्कातर्फ सरकारले सुनकाण्डको विषयलाई टुङ्गोमा पु¥याउनुपर्छ ।”

प्रतिपक्ष एमालेका सांसदले यही साउन १० गतेदेखि संसद् बैठक सञ्चालनमा अवरोध गर्दै आएको छ । सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक तय गरिएको छ ।
रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?