जिपले ठक्कर स्कुटरलाई दिँदा शिक्षिकाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

दाङ । दाङमा जिपले स्कुटरलाई ठक्कर दिँदा एक शिक्षिकाको मृत्यु भएको छ ।

दंगिशरण गाउँपालिका–५ कमलगढीमा बिहीबार बिहान विद्यालय जाने क्रममा स्कुटरलाई दिँदा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ वर्षीया सीता लम्सालको मृत्यु भएको हो ।

रा १ ज ९२३ नम्बरको जिपले रा ७ प ४२३७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार लम्साल घाइते भएकी थिइन् । थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा उनको मृत्यु भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?