तनहुँमा नौ पक्की पुल निर्माण सम्पन्न

हिमालय टाइम्स
Read Time = 3 mins

तनहुँ । आर्थिक वर्ष २०७९/८० र ०८०/०८१ मा तनहुँमा नौ पक्की पुल निर्माण सम्पन्न भएका छन् । कुल १५ निर्माणाधीन पुलमध्ये नौ पुलको निर्माण सम्पन्न भएको हो । पूर्वाधार विकास कार्यालय तनहुँकी सूचना अधिकारी इञ्जिनियर धनमाया मिश्रले निर्माणाधीन तीन पुल यस चालु आर्थिक वर्षमा क्रमागत रूपमा सरिआएको छ ।

जिल्लाको घिरिङ-४ मा तिरम्दी खोला पुल तीन करोड २४ लाखको लागतमा निर्माण सम्पन्न गरिएको छ । यसको लम्बाइ २५ मिटर रहेको छ । त्यसैगरी, ऋषिङको वडा नं. ४ र ५ जोड्ने ज्वालाखोलामा २५ मिटर लम्बाइको पुल निर्माण सम्पन्न भएको छ । यसको लागत तीन करोड २१ लाख रहेको छ । घिरिङ-१ को द्रौपद खोलामा २० मिटर लम्बाइको पुल तीन करोड २४ लाख लागतमा सम्पन्न भएको छ । त्यसैगरी शुक्लागण्डकी-११ र भीमाद-९ जोड्ने जरेबरमा ३२ दशमलब ४ लम्बाइको पुल निर्माण सम्पन्न भएको छ । तीन करोड ४३ लाखको लागतमा उक्त पुल निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो ।

यसैगरी शुक्लागण्डकी-११ र भीमाद-८ जोड्ने क्याङ्दी खोलामा ७४ दशमलब ५५ मिटर लामो पुल निर्माण सम्पन्न भएको छ । नौ करोड ३९ लाखको लागतमा उक्त पुल निर्माण सम्पन्न गरेको हो । व्यास नगरपालिका-८ स्थित रिस्ती खोला पुल, बगुवामा ५२ मिटरको पुल चार करोड दुई लाख र सोही वडाको रिस्ती खोला पुल सोतीबेंसीमा ४० मिटर लम्बाइको चार करोड ३७ लाखको लागतमा निर्माण सम्पन्न गरेको छ ।

त्यसैगरी भीमाद-५ र ऋषिङ-८ जोड्ने फेदीखोलामा २५ मिटर लम्बाइको पुल तीन करोड ४६ लाखको लागतमा निर्माण कार्य सम्पन्न भएको छ । जिल्लाको भीमाद-३ स्थित बुढुवा खोलामा १९ दशमलब आठ मिटर लम्बाइको पुल दुई करोड चार लाख रुपैयाँको लागतमा सम्पन्न भएको सो कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?