काठमाडौं । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष ल्हारक्याल लामाले आफूमाथि लगाइएको आरोपको खण्डन हुनेगरी काम गर्ने बताउनु भएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले आफूमाथि नियोजित रुपमा विभिन्न अभियोग लगाउने काम केही मान्छेहरुले गरिरहेको उल्लेख गर्दै त्यसको खण्डन हुने गरी लुम्विनी विकास कोषमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।
नवनियुक्त उपाध्यक्ष लामाले आफूमाथि लगाइएको सबै अभियोगहरुको अदालतबाटै आफूले सफाई पाएको पनि पटकपटक दोहो-याउनु भयो । उहाँले भन्नु भयो, ‘हुँदै नभएको र गर्दैै नगरेको अपराधको समेत अभियुक्त बनाउनेहरुसँग कानुनी लडाईँमै जितेर आएको मान्छे हुँ । बुद्धको उपदेशबाट एक इन्च पनि दायाँबायाँ गरेको छैन । र, मेरो जीवन दर्जन र मैले आर्जन गरेको शिक्षाले त्यो गर्न दिँदैन । यो प्रेस वक्तव्यमार्फत के प्रमाणित गर्छु भने म माथि लगाईने यस्तो नियोजित र निराधार आरोपहरुको मैले मेरो कामबाटै गर्नेछु । लुम्विनी विकास कोषको काम मेरो लागि गहन जिम्मेवारी हो ।’
नवनियुक्त उपाध्यक्ष लामाले आफूमाथि निराधार र नियोजित प्रचारबाजी नगर्न सञ्चार माध्यामलाई पनि आग्रह गर्नु भयो । त्यसक्रममा उहाँले आफूलाई सो कोषको उपाध्यक्षको जिम्मेवारी दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आभार व्यक्त गर्नु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच