अष्ट्रेलियाबाट ‘जय हो’को ट्रेलर सार्वजनिक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आगामी भादौ ८ गतेदेखि नेपालका सिनेमाघरका साथै विदेशमा एक साथ प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जय हो’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माताद्वय सुरज ल्वागन (सरकार) र राज के अधिकारीको पहलमा अभिनेता सलोन बस्नेत, आमेष भण्डारी र सुशान्त कार्कीलगायतको विशेष व्यक्तिहरूको उपस्थितिमा चलचित्रको ट्रेलर अष्ट्रेलियाको रकडेलस्थित थर्डआई फंक्सन सेन्टरमा एक विशेया कार्यक्रमबीच सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा प्रेम र धोकालाई केन्द्रमा राखिएको छ ।

टेक पौरखी राईद्वारा निर्देशित चलचित्रमा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन समीर मियाँको भिएफएक्स र सन्देश शाहको ट्रेलर रहेको छ ।

चलचित्रमा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आलेमगरको संगीत छ । चलचित्रका निर्माता राज के अधिकारी र सुरज ल्वागन सरकार हुनुहुन्छ । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रको प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?